पुष्पराज खतिवडा
२५ मंसिर बारा: कलैया उपमहानगरपालिका वडा नं.२४ घाटश्रीपुरका विरेन्द्र गोसाईले २ विगाह १५ कठ्ठा जमिन बार्षिक १ लाख रुपैंया तिर्नेगरी हुण्डामा लिएर उखुबाली लगाएका थिए । उखुबाली बिक्रिगर्ने बेला खेतमै सुकेर नष्ट भएको छ । सुकेको उखुबाली देखाउँदै गोंसाईले भने , कसरी हुण्डा तिर्नु । बालि त खेतमै म’यो ।
प्रति क्विण्टल ६ सय ८० रुपैंयामा स्थानिय रिलायन्स सुगर मिल्ससँग ०२३८ जातको विउ खरिद गरेर लगाएको बताएका उनले भने, “विउनै कमजोर परेका कारण म जस्तै हजारौं किसानको खेतमै उखुबाली सुकेर नष्ट भएको हो ।” भदौ अन्तीमसातबाट अलिअति गरी मर्न थालेको उखुबालि मंसिर सम्म आईपुग्दा खेतनै खाली हुन थालेको गोसाईले बताए ।
अरु विभिन्न जातका विउ विस्तापन गर्दै मिलले जवरजस्ती ०२३८ जातको विउ भिडायो । राम्रै होला भनेर रोपियो । तर बर्वाद बनायो कर्का उखु किसान रमेश घिमिरेले बताए । मेरो ४ विगाह बाली उठाउनै नपर्ने गरी सुकेर नष्ट भयो उनले भएको छ । यसको क्षतीपूर्ती चिनी मिलले ब्यहोरोस भन्ने चाहेका छौं उनले भने ।
चिनीमिल संचालन गर्ने समय पुग्नै लाग्दा किसानका हजारौं विगाह उखुबाली खेतमै सुकेपछि किसान चिन्तामा परेका छन् । किसानहरुले आईतबार सुगरमिल छर्ने स्थान कलैया उपमहानगरपालिका २४ घाटश्रीपुरमा पिलुवा”कलैया सडकखण्ड ३ घण्टा अवरोध गर्दै क्षेतीपूर्तीको माग गरेका छन् ।
उनीहरुले सुकेको उखुको मिलले क्षेतपुर्ती दिनुपर्ने माग गरेका हुन् । “हामीलाई गलत जातको विउ दिएर ढुवाउने काम भयो । मेलले क्षेतीपूर्ती दिनुपर्छ भन्ने हाम्रो माग हो ”, आन्दोलनमा सहभागी अगुवा किसान हेमन्त ओझाले बताए ।
लोकल जातहरु राम्रै थिए । तर मिलले बर्जित गरेर हाईब्रिड भनेर यो जातको विउ लगाउन बाध्य बनायो । विरुवा राम्रै आएपनि बालि सुक्यो । तथ्याङ्क संकलनमा छौं । यती विगाहनै भनेर अहिलेनै बताउन नसकिए पनि सयौं किसानको एकहजार विगाहबढी उखुबाली सुकेर नष्ट भएको अनुमान गरिएको अर्का अगुवा किसान रामानन्द प्रसाद यावदले बताए ।
मिल संचालक पक्षले समस्या भएको हो । हाम्रो जिम्मेवारी हैन भनेर पन्छिने गरेपछि आजित किसान सडक आन्दोलनमा उत्रन बाध्य बनेका हुन् । भोली बाराका प्रखुख जिल्ला अधिकारीको रोहवरमा चिनीमिल संचालकसंग छलफल गर्ने सहमतिमा केहीबेरअघि आजको सडक जाम हटाईएको छ ।
किसानका मागका सम्बन्धमा उचित सुनुवाई नभए चणरवद्ध आन्दोलनमा जान्छौं अगुवा किसान यादवले बताए ।