पुष्पराज खतिवडा
२७ मंसिर बारा: जिल्लाको सदरमुकाम कलैयाका अधिकाँस होटल, रेष्टुराँ तथा सेकुवा पसलमा बालश्रमको प्रयोग हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको नाकैमा रहेका अधिकाँस होटल रेष्टुराँ र सेकुवा कर्नरहरुमा बालश्रमको अत्याधिक प्रयोग हुँदै आएपनि कसैको त्यसतर्फ ध्यान पुगेको पाईदैन ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको ५० मिटरको दुरीमा रहेको कलैया एसी सेकुवा घरमा चारजना बालकहरुले काम गर्दै आएका छन् । उनीहरुलाई भारतबाट ल्याएर नेपालमा काम लगाईएको बुझीएको छ । राम्रोसँग नेपाली समेत बोल्न नजान्ने ति बालकहरुले वेटरको काम गर्ने, भाँडा माझ्ने, टेबुल सफागर्ने काम गर्दै आएको पाईएको हो । न्युन ज्यालामा काम गर्दै आएको ती बालकले ७ हजार तलब पाउने गरेको सुनाए ।

कलैया सेकुवा मात्रै नभएर अधिकाँस होटलहरुमा बालकले नै खानेकुरा दिने, होटल सफा गर्ने, भाँडा माझ्ने काम गर्दै आएको पाईन्छ । ती होटल रेष्टुराँ तथा सेकुवा कर्नरहरुमा गएर खाजा खाने बाल अधिकारकर्मीहरुको समेत यस विषयमा ध्यान पुगेको पाईँदैन ।

अधिकार कर्मी बिदुर खड्का बालश्रम न्युनिकरण गर्ने सरकारले कडा कानुन जारी गरेको भएपनि सरोकारलाहरुनै मुखदर्शक बनिदिँदा कानुनको पालनामा हेलचेक्रयाँई बढेको बताउँछन् । १८ बर्ष मुनीका बालकलाई काममा लगाउनु अपराध हो । तर कानुन कार्यान्वयन गर्ने निकायको निकम्मापनका कारण न्युन प्रारिश्रमीकमा ठुला मान्छे सरह बालबालिकालाई काममा लगाउने गरेको पाईन्छ जुन गम्भिर बिषय हो ,उनले भने ।

जिल्लाको सदरमुकाम कलैया अधिकासं अधिकारकर्मीहरुको बसोबास भएकै क्षेत्रमा पर्दछ । सोही क्षेत्रमा बालश्रम भैरहेको विषयमा ध्यान नपुग्नु भनेको अचम्म हो ,खड्काले भने ।

बालश्रम ऐन २०७४ मा १८ बर्ष मुनिका बालबालिकालाई काममा लगाउन नहुने उल्लेख छ । कसैले पनि १८ बर्ष उमेर पुरा नगरेका बालकलाई श्रमिकका रुपमा काममा लगाउनु हुँदैन ,ऐनको परिच्छेद २ (१)मा उल्लेख छ । यस्तै २(२)मा कसैले बालकलाई अनुसुचिमा उल्लेखित जोखिमपूर्ण ब्यवसाय वा काममा लगाउनु हुँदैन भनिएको छ ।

पर्यटन, आवास,मोटल, होटल, रेष्टुराँ, बार, पव, रिसर्ट लगायतलाई ऐनले जोखिमपूर्ण काम भनेर सम्बोधन गरेको छ ।
यस्तो कसुर गर्नेलाई ऐनले एकबर्ष सम्म कैद वा पचासहजार रुपैंयासम्म जरिवाना वा दुबै सँजाय गर्न सक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय