नवराज घिमिरे
मंसिर २७, बारा: दुधको बजारिकरणमा संलग्न हुनेहरु अत्याधिक सफल हुने तर किसानको अवस्था नफेरिने परिपाटिको अन्त्यका लागि सामुहिक रुपमा डेरि संचालनमा जुटेको मौलाकालिका डेरि प्रालिले जनाएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ को डुमरवानास्थित सुन्दरवस्ती स्थित नयाँ भवनमा सोमबारबाट उत्पादन सुरु गरेको डेरी उद्योगका सञ्चालकहरुले यस्तो बताएका हुन् ।

उत्पादनको उचित मूल्य दिने तथा स्थानीय स्तरमा बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यका साथ अघि बढेको डेरी उद्योगका सञ्चालक एवं वडाअध्यक्ष रामप्रसाद लामिछानेले बताए । उनले व्यवसायिक पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्न मौलाकालिका डेरी उद्योग नचुक्ने दावी गरे ।

सहकारी डेरी र मौलाकालिका डेरी विच सहकार्य पश्चात् जितपुरसिमरा ३ रामबनमा उत्पादनकार्य गरिरहेको डेरीले अब भने नयाँ सुन्दरवास्ति स्थित नयाँ भवनबाट उत्पादन तथा बजारिकरण गर्नेछ ।

डेरीमा लगानि गरेका दशै जना शेयरधनीहरु डेरी व्यवसायका अनुभवी र पशुपालन पृष्ठभुमिका भएकाले पनि किसानको पिडा बुझी उनिहरुकै हितमा कार्य गर्ने संचालक लामिछानेको दावि छ ।

करिव तीन करोडको लागतमा निर्मित उद्योगले प्याकेजिग, दुध घिउ, पनिरलगायतका दुग्धजन्य पदार्थ उत्पादन गरिरहेको डेरी उद्योगले निकट भविष्यमै आफ्नो पशु फार्म हाउस समेत खोल्ने योजना बनाएको अध्यक्ष लामिछानेले बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहनशर्मा लामिछानेले डेरीको नयाँ भवन उद्घाटन गर्दै स्थानीयरुपमा मात्र उपभोग भइरहेको यस क्षेत्रमा उत्पादित दुधलाई राष्ट्रिय बजारमा बजारीकरण गरि यस क्षेत्रलाई मिल्क जोनको रुपमा विकास गर्न आग्रह गरे ।

उद्योगले बारा जिल्लासँगै सर्लाही जिल्लादेखि दैनिक ३ हजार ५ सय लिटरसम्म दुध संकलन गर्ने गरेको तथा पर्सासम्म दुध विक्री वितरण गरिरहेको संस्थाका प्रबन्धक अनिल पौेडेलले जानकारी गराए । उनका अनुसार उद्योगमा अहिले १५ जना कर्मचारीले कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय