दिपु वर्णवाल
२७ मंसिर,वीरगञ्ज : प्रदेशसभा सदस्य रहबर अन्सारीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य अन्सारीले सोमबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने विभिन्न विद्यालयको अनुगमन गर्दै विद्यार्थी, शिक्षक र त्यहाँ कार्यरत कर्मचारीसँग भेटघाट गरेका हुन् ।
भेटघाटका क्रममा अन्सारीले विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुसँग शैक्षिक अवस्थामा सुधार ल्याउनमा निमित्त गर्नुपर्ने कामका लागि सुझाव संकलन पनि गरेका थिए ।
विद्यालयहरुमा गरिएको भेटघाटले आउने दिनहरुमा शैक्षिक गुणस्तर बढाउँदै समाजमा गतिशीलता ल्याउन र समाजलाई प्रगतिको बाटोमा अघि बढाउँन अत्याधिक प्रेरणा हासिल गरेको अन्सारीले प्रतिक्रिया दिएका छन् ।
शिक्षाले सामाजिक परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हुनुको साथै सामाजिक परिवर्तनहरूको समीक्षा गर्ने विवेक दिने र सामाजिक परिवर्तनहरू स्वीकार गर्न मानसिक रूपमा पनि तयार गर्ने अन्सारीले बताए ।