२८ मंसिर,काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दैछ । आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा यसअघि पनि आइसकेको छ । राजनीतिक दलले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेकाले आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।

योसँगै राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने पनि आयोगको तयारी छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय