नवराज घिमिरे
पौष ४, बारा
बाराको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था प्रदेश २ कै उत्कृष्ट दुग्ध सहकारीको रुपमा चिनिन थालेको छ । गत शनिबार आयोजित २७ औँ वार्षिक साधारण सभामा संस्थागत प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष टिकाराम न्यौपानेले प्रदेशमै उत्कृष्ट दुग्ध सहकारीको रुपमा छवी बनेको बताएका हुन् ।

उनले कोरोना कहरका बेलामा समेत दुग्ध उत्पादन तथा व्यवस्थापनमा देशैभरका दुग्ध सहकारीहरुले भन्दा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै सम्मानित हुनुले समेत अर्थ राख्ने बताए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले २ हजार ५ सय २ जना सेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७८÷७९ मा ८२ लाख २१ हजार चार सय रुपैंया मुनाफा भएको जानकारी गराए ।

न्यौपानेको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै पूर्व कृषि मन्त्रि एवं बारा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहले कृषी क्रान्ति आजको आवस्यकता रहेकाले कृषकको हितमा आफ्नो सकारात्मक पहल रहने बताइन् ।संस्थाका लेखा संयोजक दीपक प्रसाद चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रम बारे व्यवस्थापक सन्तोष भुजेलले जानकारी गराएका थिए ।

साधारण सभाको अवसर पारेर संस्थाले उपकेन्द्रले सिफारिस गरेका मध्येका सर्वोत्कृष्ट किसान र सर्वोत्कृष्ट कर्मचारीका साथै सहकारी अन्र्तगतका विभिन्न विधामा काम गर्ने ३६ जनालाई सम्मान गर्दै नगद सहित प्रशंसापत्र प्रदान गरेको छ । यसैक्रममा सञ्चारका क्षेत्रबाट समाजमा चेतना फैलाउन भूमिका निर्वाह गरको भन्दै सञ्चारकर्मी शारदा पोखरेललाई संस्थाले नगद तथा सम्मानपत्र सहित सम्मान गरेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष गंगादत्त अधिकारी, सप्तरंगी साकोसका अध्यक्ष राजु अधिकारी, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, सञ्चारकर्मी विदुर खड्कालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय