९ पौष , मनहर्वा बारा: कलैया उपमहागरपालिका वडा नं. २२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडडाको १६ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भोडहा स्थीत स्वास्थ्य चौकी परिषरमा कलैया उपमहानगरपालिका मेयर विनोद साहले सभाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर साहले सहकारीले सदस्यको जीवन परिवर्तनका लागि काम गर्नुपर्ने बताउनु भयो । सदस्यहरुको चाहना, आवश्यकतालाई सहकारीले महत्व दिने हुँदा सरल सेवा ,सस्तो कर्जा र उत्पादनमुखी ब्यवसायमा जोड दिनु पर्ने हुन्छ, उहाँले भन्नु भयो ।

सहकारी र स्थानिय सरकार मिलेर साना किसानको हितमा काम गर्ने योजनामा आफु रहेको भन्दै मेयर साहले कृषिमैत्री बजेट ल्याउने तयारीमा रहेको बताउनु भयो ।

यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले किसान र कृषि क्षेत्रको विकासमा सहकारीहरुले काम गर्नु पर्ने बताउनु भयो । स्थानिय सरकारहरु किसान मैत्री बन्न नसकेको उहाँको गुनासो थियो । सहकारीले मात्रै जनताको आवश्यकता पुरागर्न नसक्ने हुँदा राज्यले साथदिए राज्यको बलियो सारथी बन्न सक्ने बताउनु भयो ।

साना किसान कृषि सहकारी संस्था भोडहाले गतआर्थिक बर्षमा साँडे १२ करोडको लगानीबाट आर्जित ४० लाख रुपैंया मुनाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गर्ने सभाबाट निर्णय गरेको छ । सभाको अवसरमा संस्थाले उत्कष्ठ कृषक, बचत कर्जा , ऋणी र पत्रकारलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

कार्यक्रमा नगर प्रमुख साह सहित साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्मा, साना किसान मधेश प्रदेश सहकारी संघका सचिव पुनदेव प्रसाद रौनियार , कलैया उपमहानगरपालिका वडा नं.२२का अध्यक्ष शिवविहारी चौधरी, २१ का अध्यक्ष शिवचन्द्र कामी वडा नं.२७ का अध्यक्ष अशोक कुमार तिवारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नगिना प्रसाद साहको संचालन तथा अध्यक्ष विन्दा सिंहको संचालनमा सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय