
१० पौष ,बारा:कलैया उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिसरको तेस्रो बार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ ।
वडाको भतौडा स्थीत सार्वजनिक मैदानमा सभाको कलैया उपमहानगरपालिकाकी उपप्रमुख रोशन प्रविनले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथी समेत रहनु भएकी नगर उपप्रमुख प्रविनले सहकारी अभियानले ग्रामिण विकासमा भुमिका खेलेको बताउनु भयो ।


कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु हुँदै उहाँले महिला सहभागिता र एकताको प्रशंसा गर्दै ग्रामिण जनजिवनमा सहकारीको महत्व अहम् रहेको बताउनु भयो ।
५ सय २७ जना महिला सदस्य भएको सहकारी संस्थाले साँडे चारकरोडको कारोबार गदै आएको कार्यक्रममा जनाएको छ । कारोबारको आधारमा गत आर्थिक बर्षमा गरेको मुनाफाको आधारमा सदस्यलाई १५ प्रतिशत बोनस वितरण गर्ने निर्णय समेत गरेको छ ।
सभाको अवसरका संस्थाले २७ जना जेष्ठनागरिक तथा अपाङ्गलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिीलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, कलैया उपमहानगर पालिका वडा नं.१८का अध्यक्ष धु्रब यादव,पूर्व अध्यक्ष अम्बीका यादव, स्थानिय समाजसेवी प्रमानन्द प्रसाद गुप्ता, सुनिल यादवल लगायतकाले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका सदस्य शर्मिला देवी साहको स्वागत ,प्रबन्धक प्रमानन्द प्रसाद चौरसीयाको संचालन र अध्यक्ष बदन देवीको अध्यक्षतामा सम्पन्न भएको हो ।