पुष्पराज खतिवडा
१३ पौष ,बारा: जितपुरसिमरा उपमहानगरपालिका १८मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले २० औं स्थापना दिवसको अवसरका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
२०६० सालमा स्थापना भएको संस्थाले कार्यक्षेत्र भित्रका ३ वटा आधारभुत विद्यालयका १९० जना छात्रछात्रालाई कपि पेन्सील र ईलेजर वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाकी नयकला खड्को अगुवाईमा जितपुरसिमरा उपमहानगरपालिका १८ स्थीत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय बडहर्वाका ९० जनालाई सामाग्री प्रदान गरिएको हो ।
यस्तै कलैया उपमहानगरपालिका १६ को सोननिया स्थात दलित जनकल्याण आधारभुत विद्यालयमा ७८जना र कलैया उपमहानगपालिकाकै वडा नं.२६ महेशपुरको राजदेवी क्लब आधारभुत विद्यालयमा १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
सहकारीले जितपुरसिमरा र कलैया उपमहानगरपालिकाका एकदर्जन वडाहरुका ६ वटा सेवाकेन्द्र मार्फत बचत संकलन, कृषि तथा साना उद्यम कर्जा लगानी असुली एवं दुग्ध संकलन तथा बिक्री र कृषि पसल संचालन गर्दै आएको छ । ४२ पुरुष सहित २ हजार ९२३ महिला सदस्य भएको संस्थाले करिब ६० करोडको बार्षिक करोबार गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । गत आथिर्क बर्षको मुनाफाबाट संस्थाले आफुना सदस्यहरुलाई १६ प्रतिशत शेयर लाभाशं वितरण समेत गरेको थियो ।
विद्यालय सरसफाई तथा निर्माण, स्थानिय मठमन्दिर निर्माण, गरिब विपन्न र सक्त विरामीलाई आर्थीक सहयोग गर्दै आएको संस्थाले सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासोको पालना गर्ने गरेको संस्थाकी उपाध्यक्ष फूलकुमारी बस्नेतले बताउनु भयो । यसै सिद्धान्तमा रहेर स्थानिय पिडित तथा राष्टिय विपद्हरुकामा समेत आर्थीक सहायता गर्दै आएको उहाँले बताउनु भयो ।
कार्यक्रमको सुभारम्भ गरिएको आधारभुत विद्यालय बडहर्वामा आयोजित विशेष कार्यक्रममा विद्यालयका प्रधानअध्यापक रामाधार ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा रामरुकमीणि परोपकारी निजी गुठी काठमाण्डौंका स्थानिय गगन बहादुर आले, स्थानिय समाजसेवी गोपिकृष्ण खतिवडा, साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष फूलकुमारी बस्नेत संचालकहरु आशा राना मगर, शर्मिष्ठा कुमारी दाहाल, चम्पा चौधरी, सवनम चौधरी र विद्यालयका शिक्षक शिक्षिकाहरु सहभागिता रहेको थियो ।
यस्तै जितपुरसिमरा उपमहानगरपालिका १८ स्थीत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय बडहर्वाका ६० जनालाई स्विटर वितरण गरिएको छ । रामरुकमी परोपकारी निजी गुठीले विपन्न छात्रछात्रालाई स्विटर प्रदान गरिएको हो । गुठीका स्थानिय प्रतिनिधी गगन बहादुर आले मगरले छात्रछात्राहरुलाई स्विटर वितरण गर्नु भएको थियो ।