१४ पौष ,जैतापुर: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । वडा अध्यक्ष भिम बहादुर गङ्गतानले कार्यालय भवनको शिलान्यास गर्नु भएको हो ।

८ कोठे भवन निर्माण गर्ने गरि हाल कुर्सी र पिल्लरको काम गरिने छ । बजेट अभावका कारण पुरै निर्माण भने यसपटक नहुन वडा अध्यक्ष गङ्गतानले बताउनु भयो ।

१८ लाख ४० हजार हालको बजेट हो । उक्त बजेटबाट जगदेखी पिल्लर सम्मको काम सम्पन्न गर्ने योजना हो । बजेट ब्यवस्था भएको भएको अवस्थामा बाँकी निर्माणको काम गरिने उहाँले बताउनु भयो ।

भवनको निर्माणको काम गर्ने जिम्मा प्रतिक्षा निर्माण सेवा मकवानपुरका राजुलामाका अनुसार तोकिएको काम अवको एकमहिना भित्र सम्पन्न हुने ठेकेदार राजु लामाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय