नवराज घिमिरे
१७ पौष , बारा: नेपाल सरकारका मन्त्री ज्वालाकुमारी साहले सेयर सदस्यको अपनत्व पाएकै कारण साना किसान कृषि सहकारी संस्थाले सफलता रहेको बताएकी छन् ।
मुलुकमै परिचित साना किसान कृषि सहकारी संस्था डुमरवानाको शनिबार सम्पन्न २६ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले साना किसान सहकारीले बितीय अनुशासन कायम राखेर सहकारीको प्रभाब बढाएको भन्दै संस्थाको प्रशंसा गरिन् । मन्त्री साहले साना किसान सहकारी संस्थाले युवालाई विदेशिनबाट रोक्ने गरी कार्य गर्नुपर्नेमा जोड दिइन् ।
संस्थाका निवर्तमान अध्यक्ष बिश्बनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उद्धघाटन सत्रमा संस्थाका अन्तर समुह, उत्कृष्ट कर्मचारी, बचतकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चार क्षेत्रमा आवद्ध भएर समाचारका माध्यमबाट सहकारी क्षेत्रको प्रर्बधनमा योगदान पुर्याएको भन्दै सञ्चारकर्मी लक्ष्मी खरेललाई नगद सहित सम्मान गरेको छ ।
सभाले प्रदीप सिंह बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको प्रागंणमा शनिबार भएको साधारण सभाले बरालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समितिलाई निर्वाचित गरेको हो ।
नवनिर्वाचीत कार्य समितिमा डुमरवाना केन्द्रबाट प्रदीप सिंह बराल, पलट चौधरी, रुद्र न्यौपाने, शान्ति तामांग, कतर्वाबाट नवराज श्रेष्ठ, सिमरा केन्द्रबाट संगिता पाण्डे, सुकुमाया वाइवा, शारदा रिजाल, नीजगढ केन्द्रबाट उर्मिला लामा, गीता चौलागाई, लक्ष्मी पुलामी, कोल्हवी केन्द्रबाट विष्णुकुमार श्रेष्ठ, विक्रम चौधरी निर्वाचित भएका भए ।
त्यस्तै लेखा समितिमा शारदा खड्काको संयोजकत्वमा ललिता थापा, कविता काफ्ले निर्वाचित भए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, साना किसान लघु वित्तवित्तीय संस्था हेटौँडाका प्रवन्धक कृष्णाकुमारी शर्मा, जीतपुरसिमरा वडा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा १४ का वडाध्यक्ष चयन गुरुंग, सिमरा महिला साकोसका कोषाध्यक्ष गीता शर्मा लगायत संस्थाका सेयर सदस्य र बचतकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।