१८ पौष मनहर्वा,बारा : नेपाल सरकारकी नवनियूक्त मन्त्री ज्वाला कुमारी साह सम्मानीत हुनु भएको छ । बारा क्षेत्र नं.३ बाट निर्वाचित साह नेपाल सरकारको मन्त्री नियुक्त भएपछि नेकपा एमाले निर्वाचन परिचालन कमिटी बारा ३(क)ले मन्त्री साहलाई सम्मान गरेको हो । डुमरवाना स्थीत मदन आश्रीत भवनमा सोमबार मन्त्री साहलाई सम्मान गरिएको हो ।
मन्त्री साहलाई क्षेत्रिय निर्वाचन प्रचार कमिटिका संयोजक अनिल कुमार मैनालीले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । यही पौष ११ गते प्रचण्ड नेतृत्वको सरकारमा साह मन्त्री नियुक्त हुनु भएको हो ।
मन्त्रालयको टुँगो लाग्न बाँकी रहेको अवस्थामा घर आउनु भएकी मन्त्री साहलाई मतदाताले सम्मान गरिरेहका छन् । घर आएका बखत मतदाताका माझ पुगिरहनु भएकी साहले पार्टीका विभिन्न कमिटिलाई विकासका लागि योजना बनाएर सहयोग गर्न बताउँदै आउनु भएको बुझिएको छ ।
सम्मानपछी आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री साहले ग्रामिण समस्या समाधान गर्न आवश्यक विकास योजना बनाएर सहयोग गर्न आग्रह गर्नु भयो । मैले पहल गर्ने ,योजना पार्ने काममा भुमिका खेल्छु । यहाँहरुले सहजिकरण तथा समन्वय गरिदिनुस् , कार्यक्रममा उपस्थीत पार्टी कमिटिका नेताहरुलाई भन्नु भयो ।
र्काक्रममा निर्वाचन प्रचार प्रसार कमिटिका सदस्यहरु, पार्टीका नगर, जिल्ला र प्रदेश कमिटि सदस्यहरु एवं कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको एमाले जिल्ला कमिटि सदस्य सीमा ठकुरीले जानकारी दिनु भयो ।