२१ पौष ,बारा: स्कारपियोले ठक्कर दिँदा स्कुटी चालक एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ बस्ने बर्ष ४० का राजेन्द्र माझी भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा अल्पाईन हस्पिटल सिमारामा ०७ः४५ बजे मृत्यु भएको बाराका प्रहरी नायव निरिक्षक डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

विहिवार विहिन ०७ः१५ बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका–१६, पसाहापुल नजिकै टाँगिया बस्तीबाट तरकारी लिई पिलुवातर्फ आउँदै गरेको एउटा साईकल र प्र.२–०३–००२ प ४५८७ न.को स्कुटीलाई सोहि दिशातर्फ आउँदै गरेको ग २ च ४४१३ न.को स्कारपियोले ठक्कर दिएको थियो ।

दुबै सवारीसाधनलाई पछाडिबाट ठक्कर दिँदा साईकल चालक जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ बस्ने बर्ष २८ कि रुपा आले र २९ बर्षकी सोनिया योन्जन घाईते भएका छन् ।

आलेको खुट्टामा सामान्य चोट, साईकलमा पछाडि सवार योन्जनको शरिरको बायापट्टि चोट लागेको र दुबैको अवस्था मध्यम रहेको बताईएको छ । दुबै घाईतेको अल्पाईन हस्पिटल सिमारामा उपचार भैरहेको छ भने स्कुटी चालक ४० बर्षका माझीको उपचारको क्रममा ज्यान गएको डिएसपी थापालले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय