२३ पौष ,बारा: गृह मन्त्रालयको निर्देशनमा बारामा संचालित अबैध क्रसर बन्द गरिएको छ । जिल्ला प्रसाशन कार्यालय बारा र जिल्ला समन्वय समिति बाराको संयूक्त अनुगमन टोलीले नविकरण नगरी जबरजस्ती संचालन गरिएका क्रसर बन्द गरेको हो ।

हिजो र आज गरी ५वटा क्रसरमा सप्लाई भएको विजुली काट्नुका साथै निकासी पैठारी र ओसारपसार प्रतिवन्ध लगाईएको बाराका सहायक प्रमुख जिल्ला अधिकारीले कृष्ण आचार्यले जानकारी दिनुभयो ।

लामो समय देखी उद्योग नविकरण नै नगरि अवैध संचालनमा रहेका क्रसरबाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसारमा बन्देज लगाईएको उहाँले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार क्रसर उद्योग निरीक्षणको क्रममा कलैया उपमहानगरपालिका वडा नं.२४ मनहर्वामा रहेको जय मातादी बालुवा प्रसोधन केन्द्र, निजगढ नगरपालिका वडा नं.९ स्थित लाल बकैया बालुवा प्रसोधन केन्द्र तथा क्रसर उद्योगमा सिल गरिएको छ ।

यस्तै जितपुरसिमरा उपमहानगरपालिका १५ मा रहेको बालगंगा बालुवा प्रशोधन केन्द्र ,सोही वडामा रहेको जय मातादी प्रशोधन केन्द्र र निजगढ नगरपालिका –४, मा रहेको नेपाल क्रसरलाई कार्वाही गरिएको हो ।

लामो समय नविकरण नगरि संचालमा रहेका अवैध त्रसर तत्काल बन्द गर्नु भन्ने माथीबाट आएको आदेश मुताविक अनुगमन गरिएको हो । अनुगमनका क्रममा कागजात पेश गर्न नसकेका उद्योगहरूको विद्युत प्रसारण काटिएको र मुचुल्का समेत गरी सबै सामाग्रीहरू सिल गरिएको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनु भयो ।

त्यस्तै जिल्ला स्थित रहेको सम्पूर्ण क्रसर उद्योग लगायतबाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसार अर्को निर्णय नभए सम्मको लागि बन्द गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय