२६ पौष मनहर्वा,बारा: माघ ३ गते देखि दोस्रो डुमरवाना कप २०७९ हुने भएको छ । १४ गतेसम्म संचालन हुने नकआउट फुटबल प्रतियोगिता जितपुरसिमरा उपमहानगरपालिका १५ स्थित जनमुखी युवा चारपाते क्लब डुमरवानाले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजक सहित १२ वटा टिमले भाग लिएका छन् । मंगलबार क्लबका तर्फबाट खेलमैदान आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिइएको हो ।

प्रतियोगितामा पहिलो हुने टिमले १ लाख १ हजार १११ र ट्रफी प्राप्त गर्ने छन् । भने दोस्रो हुनेलाइ ५० हजार १११ रुपैयाँ र ट्रफी दिईने बताइएको छ ।

विभिन्न विधागत पुरस्कार र दैनिक एकजना खेलाडीलाई म्यानअफदी म्याचको पुस्कार दिईने आयोजकले जनाएको छ । प्रतियोगिता करिब १० लाख रुपैयाँको लागतमा सम्पन्न हुने क्लबले जनाएको छ ।

आयोजनामा सहभागी हुने टिमहरुमा जनमुखि यूवा चारपाते क्लब(आयोजक), पर्सागढी यूवा स्पार्टस पकडिया बर्नियार, हेटौडा फुटबल एकेटेमी मकवानपुर, नेपाल खेलकुद क्लब चन्द्रपुर रौतहट, विरगजं यूथ एकेडेमी पर्सा रहेका छन् ।

यस्तै विरगजं यूनाईटेड पर्सा, एभरेष्ट फुटबल एकेडेमी सर्लाही, मकवानपुर ११ मकवानपुर, बर्दिवास (एपिएफ) महत्तोरी, सिमरा भटान सिमरा र बकुलिया ११ सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय