२७ पौष ,बारा: मोटरसाईकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका वडा नं. २ बगेवा टोल बस्ने हरी चौधरिको पत्नी ५८ बर्षकी ज्ञान्त्रि चौधरी भएको प्रहरीले जनाएको छ ।

मंलबार साँझ सोहीपालिका स्थीत तामागढी सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबा तर्फ जाँदै गरेको बा.२९प ७०१८ नम्बरको मोटरसाईकलले चौधरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट टाउको दाहिने खुट्टा र शरिरको बिभिन्न भागमा चोट लागी चौधरी गम्भिर हुनुभएको थियो । स्थानिय तामागढी अस्पतालमा सामान्य उपचारपछी उहाँलाई एल.एस.न्यरो अस्पताल परवानिपुर लगिएकोमा उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

मोटरसाईकल चालक स्थानिय रामचन्द्र चौधरीका छोरा २६ बर्षका कुन्दन चौधरीका समेत घाईते भएका छन् । उनको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको अवस्थामा स्थानिय तामागढी अस्पताल कोल्हवी बारामा उपचार भईरहेको बारा प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको जनाईएको छ ।

चौधरी ठक्कर दिने मोटरसाईक ईलाका प्रहरी कार्यालय कोल्हबीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायव निरिक्षक (डिएसपी) राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय