काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६६ जनाको शव फेला परेको छ । तीमध्ये भीरमा अड्किएको अवस्थामा रहेका तीनवटा शव निकाल्न नसकिएको उद्धारमा खटिएका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार ५२ वटा शव अस्पताल पुर्‍याइएको छ । ६ वटा शव अस्पताल लैजाने क्रममा छ । ५ वटा शव खोंचबाट बाहिर निकाल्न लागिएको ती अधिकारीले बताए ।

विमानमा सवार रहेकामध्ये ६ जना भने अझै भेटिएका छैनन् । खोंचमा रहेकाले खोजी कार्यमा समस्या रहेको बताइएको छ । खोज तथा उद्दारको लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय