कपिलवस्तु: बाणगंगा–९ मा सोमबारबाट सुरु भएको चौथो माघी महोत्सवमा हाइड्रोजन सिलिण्डर ग्यास पड्किँदा १ जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोज ग्यास विस्फोट हुँदा भारतीय नागरिकको मृत्यु भएको बताइएको छ ।
घटनामा भारतीय नागरिकको नासिक महम्मद मृत्यु भएको प्रहरीले जनाएको छ । हाइड्रोजन ग्यास ४ः३० बजेतिर पडकेको घट्नामा परी केही घाइते भएको र घटनाको अनुसन्धान सुरु गरि सकिएको कपिलवस्तु प्रहरीको भनाई छ ।