पुष्पराज खतिवडा
९ माघ : जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहरभै फरार रहेका एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ गरी आदालत दाखिला गरेको छ ।

जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सुचिमा रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याईको हो । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत सोमबार मात्रै बिभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जानएको हो ।

प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारवाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो । अदालतबाट कैद तथा जरिवानाको फैसला संजाए भई कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्य जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र७ लाख रुपैँया जरिवाना समेत तोकिएको छ । उनीलाई बैकिङ्ग कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो ।

यस्तै पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अंसारीलाई हातहतियार खरखजाना मुद्दामा २बर्ष ११ महिना ०६ दिन कैद सजाय भएको छ । यो सँजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगयात भएको डिएसपी थापाले जानकारी दिनु भयो ।

पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उहाँले बताउनु भयो ।फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश आजको कार्वाहीबाट प्रस्ट भएको छ ।

प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको हुँदा यस्तो कारवाहीलाई अगामी दिनमा समेत निरन्तरता दिइनेछ डिएसपी थापाले बताउनु भयो ।

फोटोमाः पक्राउ परेका फारार प्रतिवादीहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय