पुष्पराज खतिवडा
१२ माघ, बारा:मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता दिने बताएका छन् । विहिबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कठोर बन्ने बताएका हुन् ।

“मधेश प्रदेश भ्रष्टाचारका कारण अघिबढ्न नसकेको जनगुनासो प्रति गम्भीर ध्यानाकण भएको छ । हामीले मधेशमा सरकारीकाम, विकास निर्माण र जनताका काममा हुने गरेका ढिलासुस्तीको अन्त चाहेका छौं । यस्ता समस्याको अनुगमन गर्न ५ सदस्य कमिटि बनाएका छौं । सो कमिटिले अनुसन्धानको काम गर्ने छ । दोषी पाईएका भ्रष्ट कर्मचारीलाई कडा कार्वाही गरिने छ । कार्वाही गर्ने क्रममा कोही परेका बखत मेरो मान्छे भनेर भन्न नआउनु होला , ”उनले भने ।

यस्तै विकास निर्माणमा हुने ढिलासुस्तीका समाधान गर्न खरिद ऐनमै सुधारको काम गर्ने प्रकृया अघि बढेको मुख्यमन्त्री यादवले बताए । अहिले ऐनमा पैसामा कम हुँदा सम्झौता हुँदै आएको छ । तर अव संशोधन हुने ऐन तथा नियमावलिमा पैसासँगै समय घटीबढीका आधारमा ठेक्का दिने प्रावधान गरिने उनले बताए । उनले भने , “ पैसामा हैन जस्ले कम समयमा काम सम्पन्न गर्ने गरि ठेक्का प्रकृयामा आउँछ उसैले निर्माणको जिम्मा पाउने छ ।, अव योजना निर्माणमा ढिलासुस्ती गर्ने छुट दिईने छैन, ” मुख्यमन्त्री यादवले भने ।

उनले मधेश सरकारले संघ तथा स्थानिय सरकारसँगै मिलेर विकासका काम गर्ने बताए । विकास निर्माणलाई प्रभावारी समानान्तर ढंगले अगाडी बढाईने बताउँदै मुख्यमन्त्री यादवले पूर्वपश्चिम हुलाकी मार्गले छोएका सदरमुकामबाटै कामको थालने गर्ने बताए ।

कलैया नगरपालिकाले राष्टिय योजना आयोगको समपुरक बजेट रकम ५ करोड ६० लाख ९५ हजार३८८ रुपैँयाको लागतमा उपमहानगरपालिकोको वडा नं.१ स्थीत पन्नाबागमा रामजानकी मन्दिरले प्रदान गरेको १३ कठ्ठा जमिनमा सुविधा सम्पन्न नगरसभा गृह निर्माण गर्न लागेको हो । साहु कन्स्टक्सन रौतहटले आगामी जेष्ठ सम्ममा निर्माण प्रथम चारणको काम सम्पन्न गर्ने जिम्मा पाएको बताईएको छ ।

शिलान्यास कार्यक्रममा बारा क्षेत्र नं.१का सभासद अच्युत मैनाली, क्षेत्र नं.४ का कृष्ण कुमार श्रेष्ठ,संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेशसभा सदस्य मोहम्द समिर लगायतकाले मन्तब्य राखेका थिए ।

फोटोमा : विहिबार कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगरसभा गृहको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री सरोज कुमार यादव ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय