१२ माघ, बारा: डिभिजन वन कार्यालय सिमरा बाराले बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण पसाद कटवाललाई विहिबार विहान एक कार्यक्रम गरि विदाई गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कटवालको गृह मन्त्रालयमा सुरुवा भएपछि उनको विदाई गरिएको हो । जिल्ला वन शुरक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका कटवालको विशेष कार्यक्रमका विच विदाई गरिएको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।

डिभिजन वन कार्यालय बारा सिमरामा बाराको वनमा रहेको सबै भन्दा ठुलो र मोटो सखुवाको रुख भिम सखुवाको फ्रेम सहितको फोटो दिईएको थियो । प्रमुख जिल्ला अधिकारी कटवाललाई डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले भिम सखुवाको फ्रेम सहितको फोटो मायाको चिनो दिएर विदाई गर्नु भएको हो ।

कार्यक्रममा साहायक वन अधिकृत जवाहर कुर्मी, ललन महत्तो, वन अधिकृत रामगणेश साह, वन रक्षकहरु एवं वन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय