१२ माघ ,बारा:कलैया उपमहानगरपालिका वडा नं.२ औधापुर स्थीत कृष्ण प्रणामी मन्दिर समितिले बारा क्षेत्र नं.३ बाट निर्वाचित सांसद एवं कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साहलाई सम्मान गरेको छ ।

विहिबार प्रणामी मन्दिरमा आयोजित भेलामा मन्दिरका अध्यक्ष नवल किशोर जैशवालले दोसल्ला ओडाएर मन्त्री साहलाई सम्मान गर्नु भएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छि विकास मन्त्री साहले धर्मसंस्कृती जीवन सहज बनाउने आस्थाको केन्द्र भएको बताउनु भयो । धर्म संस्कृती मठ मन्दिरहरु सामाजिक न्यायका प्रतिक हुन । यीनको सबैले मिले सरक्षण गर्नु पर्ने उहाँको भनाई थियो ।

प्रशंग बदल्दै मन्त्री साहले आफुले पाएको मन्त्रालय आफैंमा जकडिएकाले यसको सुधार गर्दै कृषि क्षेत्रको आमुल विकासमा लाग्ने बताउनु भयो ।

कृषि पेशामा रहेका लाखौं किसानले पसिनाको मुल्य पाउन समस्या भैरहेको छ । कृषिमा उत्पादन वृद्धिलाई प्राथमिकता दिएर किसानलाई समृद्ध बनाउने गरी आफुले काम गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले नेता अमृत शर्मा बजगाँई, नेतृ उमरावती देवी साह,हरिमाया शर्मा, मन्दिर ब्यवस्थापन समितिका सदस्य एवं पधादिकारी कैलाश प्रसाद साह, पन्नालाल कुशवाह, रामाज्ञा साह, देवराज प्रसाद पटेल, राजेश पटेल लगायत सयौंको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय