१२ माघ,बारा:नेपाल सरकारकी कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साह गृह जिल्लामै हुनुहुन्छ । गत शरिबार बारा आउनु भएकी मन्त्री साह स्नाकोत्तर (मास्टर डिग्री) परिक्षा दिईरहुनु भएको छ ।

बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसबाट स्नाकोत्तर दोस्रो सेमेस्टरको परिक्षा दिन मन्त्री साह बारा आउनु भएको हो ।शिक्षा संकायमा मास्टर डिग्री गरिरहनु भएकी साहले ६ वटा विषयमा परिक्षा दिनुपर्ने र दुईवटाको परिक्षा दिई सकेको उहाँले बताउनु भयो ।

नेकपा माओवादीको शसस्त्र संर्घषकै क्रममा २०५६सालमा एस.एल.सी. परिक्षा पास गरेपनि पढाईलाई निरन्तरता दिन पाएको थिईन । राजनीतिसँगै विस्तारै उच्च शिक्षा पढ्ने मन लागेपछि २०६८बाट पढाईलाई निरन्तरता दिएको हुँ ।

छोरीलाई धेरै पढाएर ठुलोमान्छे बनाउने ईच्छा बाबा आमाको थियो । सो ईच्छा पुरा गर्न समेत पढाईलाई निरन्तरता दिएको हुँ ,कृषि मन्त्री साहले भन्नु भयो । पर्साको विरगजंमा रहेको ठाकुराम बहुमुखि क्याम्पसको विद्यर्थी हुँ । परिक्षा सेन्टर कलैया परेको छ ,उहाँले भन्नु भयो ।

परिक्षा दिन निजी गाडीमा जाने आउने गरेको समेत उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय