१३ माघ मनहर्वा,बारा: जितपुरसिमर उपमहानगरपालिका अन्तरगतको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा)ले एकदिने अभिमुखिकरण कार्यक्रम सुक्रबार वडा नं.१८को बडहर्वामा गरेको छ । कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य प्रभावती पास्वानले उद्घाटन गर्नुभएको हो ।

गरिब विपन्न र सिमान्तकृत समुदायका महिलाहरुलाई लघुउद्यम मार्फत रोजगारी शिर्जना गर्ने उदेश्यले संचालित कार्यक्रम भर्खरै मात्र उपमहानगरपालिकाको वडा नं.१७ ,१८ र ८ मा लागु भएको हो ।

उल्लेखित वडाहरुमा ८५ जना नयाँ उद्यमी श्रृजना गर्ने लक्ष्यकासाथ वडा नं. १८ मा ३० जना लघुउद्यमी छनौटका लागि कार्यक्रमको आयोजना गरिएको जितपुरसिमरा उपमहानगरपालिका लघुउद्यम विकास शाखाका उद्यम विकास सहजकर्ता दिपनारायण चौधरीले जानकारी दिनु भयो । कार्यक्रमले लघुउद्यम विकास कार्यक्रमा सहभागि हुन चाहनेहरु मध्यबाट ३० जनाको छनौटगरी उनीहरुलाई विभिन्न चरणमा तालिम दिने उहाँले बताउनु भयो ।

कार्यक्रममा ४५ जना स्थानियको सहभागिता रहेको थियो । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८की वडा समिति सदस्य लक्ष्मी वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धी)का फिल्ड अधिकृत रामभरोष चौधरी साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा,निवर्तमान वडा समिति सदस्य कुमार बहादुर लामा, नेपाल राष्टिय आधारभुत विद्यालय बडहर्वाकी शिक्षीका कल्पना अधिकारी, जयन्ती सिम्खडा, वडा नं.१८ कर्मचारी सन्तबहादुर वाईवा लगायतको सहभागिता रहको थियो ।

कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका लघुउद्यम विकास शाखाका उद्यम विकास सहजकर्ता दिपनारायण चौधरीको सहजिकरण तथा उद्यम विकास सहजकर्ता उषा बुढाथोकीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय