बारा: कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको माक्स खोइ ’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।
कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि बाराको निजगढमा बिहिबार इलाका प्रहरी कार्यालय निजगढ, लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिसको आयोजना र निजगढ उद्योग बाणिज्य संघ सहकार्यमा तपाईको मास्क खै? कार्यक्रम अन्तर्गत बिहिबारमात्रै १ हजार ५ सय थान मास्क निःशुल्क वितरण गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले शहिद चोकदेखि बुद्ध चोकसम्म पुर्वपश्चिम राजमार्गको दायाँबाया क्षेत्रमा र्याली सहित मास्क वितरण गरेको थियो ।
त्यसक्रममा मास्कको प्रयोग नगरी हिडडुल गरेका स्थानीयलाई मास्क वितरण गर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालन जानकारी प्रदान गरिएको प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।
यस्तै पहिले, दोस्रो चरण हुदै हाल कोरोनाको तेस्रो चरण नेपालमा समेत देखिएको हुदाँ मानिसमा पुर्ण मास्कको प्रयोग आवश्यक छ भन्नका निम्ती तपाईको मास्क खै? कार्यक्रम गरिएको लायन्स क्लब अफ निजगढका प्रेसिडेट दिपेन्द्र श्रेष्ठ र लायन्स क्लब निजगढ पिसका प्रेसिडेट रन्जन लामिछानेले बताए ।
कार्यक्रममा निजगढ उद्योग बाणिज्य संघ, लायन्स क्लब निजगढ र लायन्स क्लब निजगढ पिसका पदाधिकारी, स्थानीय अगुवा, संचारकर्मी र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti