पुष्पराज खतिवडा
०८ फागुन ,बारा:आगामी ११ गतेबाट बारा जिल्लामा राष्ट्रिय हात्तिपाईले(फाईलेरिया)रोग विरुद्ध आम औषधी खुवाउने अभियान २०७९ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाराले सोमबार कलैयामा रोग निवारण कार्यक्रम बारे पत्रकार अन्तरक्रिया गरी अभियानबारे जानकारी गराएको हो ।
जिल्लामा रोगको संक्रमण पाईएपछी अभियान गर्न लागिएको हो । बाराको कुल जनसंख्याको २ प्रतिशत मानिस संक्रमित छन् । रोगिको संख्या अधिक रहेको पाईएपछी १३ औं पटक औषधी सेवन अभियान जारी गरिएको स्वास्थ कार्यालय बाराका हात्तिपाईले फोकल पर्सन तेजनारायण सिंहले जानकारी दिए ।
यस अघिका औषधी सेवन प्रभावकारी नहुँदा अन्य जिल्लाको तुलनामा बारा जिल्ला पछाडी परेका हो । त्यसैले यस पटक औषधी सेवनबाट कोही नछुटुन भन्ने छ । यस क्रममा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगानीमा २ बर्ष माथी उमेरका सबै मानिसलाई हात्तिपाईले रोगको औषधी ख्वाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
हात्तिपाईलेको औधषी सेवनपछी शरिरमा समान्य असर देखिनु सकारात्मक हो । मानव शरिरमा मात्रै लामो समय बाँच्न सक्ने एक प्रकारको जुकाका कारण मानिसमा हात्तिपाईले रोग हुने गर्दछ ।
जस्को शरिरमा हात्तिपाईले रोग निम्त्याउने जुकाको संक्रमण छ, त्यस्ता ब्यक्तिहरुले औषधी खाँदा रिंगटा लागेझै शरिरमा थोरै असर देखिनु भनेको जुका मरेर रोगबाट छुटकरा पाएको लक्ष्यण हो , सिंहले भने ।
हात्तीपाईले रोग निवारण कार्यक्रमका सिसिलसिलामा स्थानिय पालिकाहरुको ब्यवस्थापन र स्वास्थ्य कार्यालय बाराको सहजिकरणमा जिल्लाभरी नै अभियान जारी रहने छ ।
२ बर्ष मुनीका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु ,मृगौला, कलेजो ,फोक्सोका दिर्घरोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन ।
त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाई रोग निर्मुल पार्न सहयोग गर्नुपर्ने जनस्वाथ्यका फोकल पर्सन सिंहले बताए ।
शरिरमा लामखुट्टेको माध्यमबाट उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परिजीवी मार्फत मानिसमा हात्तिपाईले रोग लाग्ने गर्दछ । हात्तिपाईलेको औषधी खाँदा डराउनु नपर्ने उनले बताए । सामन्यतया मानिसमा यो रोगका परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिएपनी भित्री अंगमा परजिविले क्षेती पुर्याई हरेको हुन्छ ।
परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ । त्यस्तै काम ज्वरो आउनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु ,दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।
अभियानका क्रममा उमेर समुहका आधारमा डिईसी(डाई इथायल कार्बामाजीन) र अलबेण्डाजोल चक्कीका विभिन्न दरमा खुवाईने छ । त्यसका लागी २ देखी ५ बर्ष उमेर समुहमा १ ,६ देखी १४ बर्ष उमेर समुहमा २ र १५ बर्ष माथीका लागि ३ का दरले दुबै चक्की खुवाईने छ । भने जुकोको औषधी अबलेण्डाजोल सबैलाई एकएक चक्की दिईने छ ।
नेपालमा समेत कुल जनसंख्याको १५ प्रतिशत मानिस हात्तिपाईले रोगको संक्रमणमा छन् । यो अवस्थालाई २०२० सम्ममा १ प्रतिशतमा झानु पर्ने हुन्छ । त्यस्तै हात्तिपाईले रोग विश्वका ७० भन्दा बढी देशहरुमा पाईएको छ । विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा यो रोग उल्मुलन गर्ने रणनीति अघि सारेको छ ।
हात्तिपाईले रोग उल्मुलनका लागि हाल ३० भन्दा बढी मुलुकमा अभियान जारी रहेको रहेको कार्यक्रममा जानकारी गराईयो । ७० देशका १ अरब ४० करोड बढी मानिस हात्तिपाईले रोगबाट पिडित रहेका छन् बताईएको छ ।
जिल्लामा जिल्ला , पालिका स्तर हुँदै प्रत्येक वडामा वडा स्तरमा भेला गोष्ठिको आयोजना गरी अभियानलाई प्रभावकारी बनाउने तयारी भैरहेका छन् । १६ वटै स्थानिय तहहरुमा कार्यक्रम संचालन भैरहेको फोकल पर्सन सिंहले जानकारी दिए ।
अभियानमा ६ सयबढी स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । अभियानका क्रममा अनुमानित ७ लाख बढी मानिसलाई औषधी खुवाईने छ ।
फोटोमा: अभियान बारे पक्रकार अन्तरक्रियामा सहजीकरण गर्दै स्वस्थ्य कार्यालय बाराका प्रतिनीधिहरु ।