नवराज घिमिरे
१४ फागुन, पर्सा :पर्साको पर्सागढी नगरपालीकामा जारी प्रथम पर्सागढी मेयर कप फुटवल प्रतियोगीतमा आज हेटौंडा फुटबल एकेडेमी ४–३ गोल अन्तरले विजय भएको छ ।

पर्सागढी नगरपालिका वडा नं. ४ सबैया टाँडी स्थित खेलमैदानमा आयोजक मिरमिरे युवा क्लबलाई ट्राइब्रेकरमा हराउँदै हेटौंडा विजयी भएको हो ।

निक्कै नै रोमञ्चक र प्रतिस्प्रधात्मक बनेको खेलको पहिलो हाफमा २–१ को अग्रता काएम गरेको आयोजक मिरमिरे क्लव द्रोस्रो हाफको अन्तिम पाँच मिनेट वाँकि छँदा हेटौंडाले गरेको दोश्रो गोलले बराबरीमा पुगेको थियो ।

खेलकै विच हेटौंडाका खेलाडि र मुख्य रेफ्रि विच भनाभन भएपछि हेटौंडाका क्याप्टेनले रातो कार्ड पाएका थिए । दोश्रो हाफको अन्तिम समयमा १० जनामा सिमित बनेको हेटौंडाले खेलमा आफ्नो मजवुत प्रदर्शन गर्दै गोल फर्काएको हो ।

निर्धारीत समयमा दुवै टोलिवाट राम्रो अवसर हरुको सदुपयोग हुन नसक्दा खेल २–२ को वारावरीमा पुग्यो । सो क्रममा ट्राईवेकरको राम्रो फाईदा उठाँउदै हेटौंडा एकेडेमी फुटवल क्लव ४–३ ले विजय बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय