पुष्पराज खतिवडा
३ चैत्र ,बारा :डिभिजन वन कार्यालय सिमरा बाराले १० थान सालको गोलाई सहित एकथान पिकअप भ्यान र मोटरसाईकल बरामद गरेको छ । बुधबार विहान ४ बजेको समयमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ स्थीत साझेदारी वन क्षेत्रमा गस्ती गर्ने क्रममा सालका गोलाई सहित सवारी बरामद गरिएको वन कार्यालय सिमराले जनाएको हो ।

केही दिन अघिदेखी वन क्षेत्रबाट सालका वयस्क रुख कटान गरी चोरी तस्करी भैरहेको पाईएपछि नियमित गस्ती गर्ने क्रममा बा.प्रदेश ०१२७ च ०८४२ नम्बरको पिकअप भ्यानमा २ थान गोलाई लोड भएको अवस्थामा फेला परेको हो ।

घटना स्थलबाट तस्कर समुहले काठ ओसार पसारमा प्रयोग गरेको उक्त भ्यान सहित वन गस्ती टोलीले ना १९ प १५७३ नंं. होण्डा साईन मोटरसाईकल एकथान समेत बरामद गरेको जनाईएको छ ।

तस्कर समुहले २ थान बयस्क सालको रुख काटेर १० थान गोलिया बनाई २ थान भ्यानमा लोड गरेको अवस्थामा काठ सहित भ्यान बरामद गरिएको डिभिजन वन कार्यालय सिमराका प्रमुख डिएफओ विनोद सिंहले जानकारी दिए ।

बरामद भएको भ्यान रौतहट गुजरा नगरपालिका वडा नंं.३ बस्ने रवीलाल माझीको नाममा दर्ता कायम रहेको र काठ तस्करीमा उनकै संलग्नता रहेकाले उनको खोजी कार्य भैरहेको उनले बताए ।

बराद भएको १० थाल सालको गोलाई १२०.१६ क्युवफिट भएको र सोको हाल अनुमानित बजार मुल्य ४ लाख २५ हजार रहेको डिभिजन वन अधिकृत सिंहले जानकारी दिए ।

वन सम्बन्धी कसुरमा २७५ जना विरुद्ध मुद्दा
डिभिजन वन कार्यालय सिमरा बाराले वन सम्बन्धी कसुरमा २७५ जना विरुद्ध मुद्दा चलाएको पाइएको छ । दुईबर्ष अघिका ९९ सहित १७२ मुद्दामा ती ब्यक्तिहरु उपर कार्वाही चलाईएको हो ।

काठ चोरी निकासी तथा हानी नोक्सानी मुद्दामा २४७ जना उपर मुद्दा दायर भई कार्वाही प्रकृयामा रहेको छ । यस्तै ढुंगा गिटी ओसार पासारमा ९ जना र वन्य जन्तु चोरी शिकारीमा १९ जना उपर मुद्दा रहेको डिभिजन वन कार्यालय सिमराले जनाएको छ ।

उल्लेखित मुद्दा मध्य गत आ.व.२०७८।०७९मा काठ चोरी निकासी तथा हानी नोक्सानीका ४० र बन्यजन्तु चोरी शिकारीका ३ गरी ४३ मुद्दा दर्ता भएका थिए ।

चालु आर्थिक बर्षको साढे १० महिनामा ३० वटा काठ चोरीका मुद्दा मात्रै दर्ता भएको डिभिजन वन प्रमुख सिंहले जानकारी दिए ।

फोटोमा : डिभिजन वन कार्यालय सिमरा तथा सालका गोलाई सहित बरामद भएको पिकअप भ्यान ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय