पुष्पराज खतिवडा
४ चैत्र ,बारा
राजनितिले जनजिविकाका सवालमा काम गर्न नसकेको भन्दै कार्यकर्ताहरुले नेताहरुको आलोचना गरेका छन् । नेकपा एमालेको शसक्तीकरण र साँगठनिक सुदृढीकरणका लागि मिशन ग्रासरुट कार्यक्रम अन्तरगत सुक्रबार बाराको डुमरवानामा भएको बृहत छलफल कार्यक्रममा कार्यकर्ताहरुले यस्तो गुनासो गरेका हुन् ।
नेपाल बुद्धिजीवी परिषद् जितपुरसिमरा नगरकमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताहरुले भने “ठुला पार्टी छन् । नेताहरु पटक पटक सरकारमा जान्छन् । जनप्रतिनिधी छन् । तर जनताका समस्या जस्ताका तस्तै छन् । सरकारी कार्यालयहरुमा बेथीति छ । सजिलै जनताका काम हुँदैनन् । मंहगी र भ्रष्टचार बढेको छ । यही नियतीका लागि राजनिति आवश्यक भएको हो र ? देश नेताहरुले नभई कर्मचारीहरुले चलाईरहेका छन् किन यस्तो भएको हो ?” छलफलमा भाग लिने अधिकाँशले प्रश्न गरे ।
कृषिमा निर्भर जनताकाले समयमा मल पाउँदैनन् । मलको समस्या ज्यूँका तियूँ छ, सरकारले मुल्य बढाएर जनताको ढाड सेक्ने काम गरिरहेको छ, उनीहरुले भने ।
यस्तै छलफलमा सहभागि कार्यकर्ताहरुले तलको अवस्था बिचार नगरी माथील्लो तहका नेताहरुले गर्ने मनोमानीले पार्टी संचालनमा समस्या पार्ने गरेको भोगाई सुनाए । पार्टी भित्र देखीने गुट उपगुट, घात अन्तरघात जस्ता बिकृतीलाई परास्त गर्न माथील्लो निकाय लागी परे तल्लो तहमा समस्या नभएको कार्यकर्ताहरुको भनाई थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं मिशन ग्रासरुटका केन्द्रिय प्रतिनीधि अरनिन्द कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेका मधेश प्रदेश कमिटी सदस्यहरु राधेश्याम शिवाकोटी, किशोर शर्मा , मनोज पौडेल, चयन गुरुङ्ग र दिनेश्वर ठाकुर सहभागि थिए ।
जनजिविकामै राजनैतिक परिर्वतनको अनुभुती हुने गरी काम गर्न समेत राजनिति ठिक हुनु पर्ने भन्दै त्यसलाई तलैबाट सुझावको आवश्यकता महसुस गरी ग्रासरुटको अवधारणा अघि सारिएको प्रतिकृया दिए ।
पार्टीका जिल्ला कमिटिी नगरकमिटीका पधादीकारीहरुको समेत उल्लेखिय सहभागितामा कार्यक्रम भएको हो । नेपाल बुद्धिजिवी परिषद् जितपुरसिमरा नगरकमिटिका अध्यक्ष विजयीराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।