५ चैत्र बारा: नेकपा एमालेका नेता तथा प्रदेस कमिटि सदस्य मनोज पौडेलले एमालेलाइ कमजोर बनाउन सबै शक्ति लागेको बताउनु भएको छ । एमालेको पक्षमा जनता रहेकोले सबै मिले पनि एमालेलाइ कमजोर बनाउन नसक्ने दाबी गर्नु भयो ।
एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को बिस्तारित बैठकलाइ सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।उहाले माओबादिका कारण देश दुर्घटना मा पर्न लागेको बताउनुभएको छ ।
माओबादी अध्यक्ष प्रचण्डले ढुलमुले नीति लिएको उल्लेख गर्दै नयाँ बनेको गठबन्धन ठगबन्धन भएको भएको स्पष्ट पार्नु भयो । पार्टी कार्यकर्ताको एकताले नै यस्ता गठबन्धन परास्त पारिने उहाको भनाइ थियो ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सीता उप्रेतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य देबि सापकोटा,गिता घले,पुर्ण तिमल्सिना,मानव अधिकार एलाइन्सका बारा अध्यक्ष अनिल तिवारी,एमाले नगर सदस्य बिष्णु सापकोटा,गिता घले,अनिल गुप्तालगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण मालती कुमालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय