पुष्पराज खतिवडा
१३ चैत्र ,बारा:नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्थीर बन्दा देशको राजनिति अस्थीर बनेको बताएका छन् ।
सोमबार बाराको कलैयामा मिसन ग्रासरुट अन्तरगत एमाले बाराले आयोजना गरेको जिल्ला प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राजनिति अस्थीर बन्दा मुलुक पछाडी पर्ने बताए ।
“प्रचण्डको कार्यशैली अस्थीर देखीयो । आफु र आफ्नालाई केन्द्रमा राखेर राजनितिलाई कम्जोर ढंगले लिने प्रचण्ड स्वभाव देशका लागि हानिकारक सिद्ध हुँदैछ, ” उनले भने ।
“नेकपा एमाले विकास र समृद्धिका पक्षमा अडिक बन्दा , आफ्ना विचार अनि दृष्टीकोणका आधारमा जनमैत्री हुँदा प्रचण्डलाई सह्य भएन । उनको अस्थीर स्वभावका कारण देशले समस्या भोग्दै छ, ” पूर्व उपप्रधानमन्त्री पोखरेलले भने ।
जनसरोकारका विषयमा भन्दा सत्ता रमाउन चाहनेहरुको गठजोडको वर्तमान सरकारले देशलाई कमजोर बनउने छ, उनले भने । एमालेले खबरदारी गर्ने भन्दै टुलुटुलु हेरेर नबस्ने बताए । बलियो पतिपक्षको रुपमा सदनमा रहेको एमालेले विकास ,समृद्धिका विषयसँगै जनताका समस्यालाई संधै केन्द्रमा राखेर खह्रो रुपमा प्रस्तुत हुने छ, उनले भने ।
एमाले बाराले आयोजना गरेको कार्यक्रममा एमाले मधेश प्रदेश ईन्चार्ज केन्दिय सचित रघुविर महासेठ, सहईन्चाज एवं पोलिटब्युरो सदस्य पूरुषोत्तम् पौडेल,ज्वाला कुमारी साह, अच्युत मैनाली लगायतले प्रशिक्षण दिएका थिए ।
वक्ताहरुले एमालेलाई लोकप्रिय पार्टीका रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिँदै कार्यकर्तालाई कटिबद्ध भई पार्टी काममा लाग्न आग्रह गरे ।