पुष्पराज खतिवडा
१४ चैत्र, सिमरा
सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लब विरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय ग¥यो । रोमाञ्चक जितसंगै उसले न्युरोड टिम एनआरटीसंगको सेमिफाइनल भेट पक्का ग¥यो । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले विहिबार एनआरटीको सामना गर्नेछ ।

एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो ।

श्याम नेपालीले डिबक्स भित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयास सम्म गर्न पाएनन् ।

चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे ।

खेलको ३१ औं मिनटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।

एपिएफसंगको बराबरी पछि आक्रामक बनेको चर्चब्वाईज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३ औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो ।सुवास गुरुङको क्रसबलमा रञ्जितको स्मरणीय गोलपछि चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाँई दङ्ग देखिन्थे ।

दोश्रो हाफगोल रहित बनेपनिदुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित करिब सात हजार दर्शक आ–आफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिम सम्म प्यारापिटमै बसे ।

खेलको एभरेष्ट बैंक म्यान अफदि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफदि म्याचको ट्रफि र दशहजार नगद प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय