२२ चैत्र :नेकपा एमाले प्रतिनिधि सभाका उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा जिल्लाको क्षेत्र नम्वर २ लाई खोसेर सप्तरी लैजाने षडयन्त्र गरिएको आरोप लगाएका छन् । बाराको गढिमाईमा एमालेले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उम्मेदवार पौडेलले यस्तो आरोप लगाएका हुन् ।
उपराष्ट्रपती बन्न साँसद पद चाँहिदैन । जो सुकै नेपाली नागरिक उपराष्ट्रपती बन्न सक्छ । यस क्षेत्रबाट जितेका सांसदलाई यो क्षेत्र खाली गराउन उपराष्ट्रपतिमा लडाएर षड्यन्त्र गरियो । अब जसपाले सप्तरी लैजान खोज्दै छ । त्यो कुरा यो क्षेत्रका जनताले पूरा हुन नदिने ठोकुवा गर्नु भयो ।
पुर्वमन्त्री समेत रहेका उम्मेदवार पौडेलले लोकतन्त्र आएपछी यस क्षेत्रमा जसपाले २ पटक जितेरपनी केही नगरेको बताए । तिनले के गरे । यहाँका जनता दुःख र पिडामा छन् । जनताले सहारा खोजेर मलाइ बोलाएकाले आफू आएको उनको भनाइ थियो ।
जनताको पीडा अन्त्य गर्ने जिम्मा मेरो हो, पौडेलले भने । कार्यक्रमा जसपा, माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरि ३ दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
एमाले जिल्ला अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न चुनावी भेलाले पोलिटब्युरो सदस्य अच्युत मैनालिको सम्योजकत्वमा ५ सय १ सदस्य क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Jureli News
Made by Pahilo Drishti