२४ चैत्र २०७९
बाराको सिमरामा एकदिने वित्तिय शाक्षरता तथा अन्तरसमुह सुदृढिकरण प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडको आयोजनामा भएको तालिममा जिल्लाका ८ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी र संचालक गरी ५० जनाको सहभागिता रहेको थियो ।

सहभागिहरुलाई साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रबन्धक कृष्ण कुमारी शर्मा, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा, ईनर्वासिराका मुख्य प्रबन्धक झपेन्द्र्रराज बरालले प्रशिक्षण दिनु भएको थियो ।

तालिममा पारिवारिक बजेट निर्माण, वित्तिय लक्ष्य निर्धारण, भाखा नाघको कर्जा ब्यवस्थापन, वित्तीय साक्षरता र वित्तीय पहुँच, संस्थागत सुशासन, साना किसान सहकारी संस्थाले उपलब्ध गराउने सेवाहरु लगायतका विविध विषयमा सहभागिहरुलाई प्रशिक्षण दिईएको थियो ।

कार्यक्रम साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका सचिव रामएकवाल चौधरीको अध्यक्षता एवं प्रस्तावित साना किसान कृषि सहकारी संघ मधेश प्रदेशका सचिव पुनदेव प्रसाद रौनियारको विशेष उपस्थीतिमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय