२४ चैत्र ,मनहर्वा: सुक्रबार जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को जैतापुरमा एक निजी क्लिनिकले आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा विरामी महिलाहरुको घुईयो भयो ।

प्रसुती रोगसँग सम्बन्धीत विरामीको परिक्षण गर्ने गरी आयोजना गरिएको शिविरमा विभिन्न समस्या लिएर आउने महिलाहरुको घुँईचो भएको हो ।

स्त्री एवं प्रसुती रोग विशेषज्ञ डाक्टर एलिशा दास तथा बविता चौधरीले विरामीको परिक्षण गरेका थिए ।
दुईसय विरामीको स्वास्थ्य परिक्षण गर्ने योजना गरिएकोमा ५ सयबढी महिलाले नाम दर्ता गराएका थिए ।

ती मध्य चारसय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको डाक्टर एलिशा दासले जानकारी दिईन् ।

उनका अनुसार परिक्षण गरिएका मध्य अधिकाँस यहाँका महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारीका समयमा अधिक पिडाहुने जस्ता समस्या देखिएको छ ।

कतिपय महिलामा उच्च र केहीमा रक्तचाप कम पाईयो । उक्त रक्तचाप भएका महिलाहरुलाई स्थानिय स्वास्थ्य संस्थामा गई औधषी सेवनको सल्लाह दिएका छौ ,उनले भनिन् ।

तल्लो पेट दुख्ने लगायत समस्या भएकाहरुलाई सुविधायूक्त अस्पताल गई समयमै उपचारको सल्लाह दिईएको डाक्टर दासले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय