२६ चैत ,बारा:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले वर्तमान राजनीतीलाई सुद्धिकरण गर्ने अभियानमा आफ्नो पार्टी सक्रिय रहेको बताएका छन् ।
बारा २ को चुनावी अभियानमा भागलिन आएका लामिछानेले आईबार सिमरामा पत्रकारहरुसँग कुरागर्दै स्थापित पार्टीहरु जनता प्रति उत्तरदायी नबन्दा राजनीती गलत ब्याख्याको शिकार भएको बताए । उनले आफ्नों दल जनताप्रति समर्पीत रहँदै विग्रिएको राजनितिलाई ठिक ठाउँमा ल्याउने गरी राजनितीमा आएकोे बताए । हाल सम्मको हाम्रा निर्वाचित सांसदहरुको प्रतुतिले सोकुरा संकेत प्रष्ट पारेको छ , उनले दावी गरे ।
घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँने आधार रहेको नेपाली समाजले बुझेका छन्, लामीछानेले बताए ।
स्थापीत भनिएका पार्टीहरुको झण्डा, नाम, चुनाव चिन्ह गाउँगाउँ सम्म पुगे पनि पार्टीको नारा बिचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको उनले बताए । पार्टीहरु देश भात्र नभई बिदेशमा फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेलाई छुन नसेकेपछि आँफुहरु उपस्थित भएको हौै, उनले भने ।
लामीछानेले राजनीतीक रुपमा कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेता आफुले आफ्ना निकटलाई टिका लगाएर उम्मेदवार उठाउने र दलहरु मिलेर जिताउने सिन्डिकेट प्रति जनता सचेत बन्नु पर्ने बताए ।
मधेसी नेताहरुले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउँदै आएको स्थानीयहरुले बुझिसकेकले अब मधेशी जनतालाई कसैले झुक्याउँन नसक्ने बताए । उनले उपनिर्वाचन भैरहेको तनहुँ चितवन र बारा तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने बताए ।
चुनावी अभियानमा भाग लिन पार्टीका सभापति सहित केन्द्रीय स्तरमा नेताहरू बारा आएका छन् ।