६ बैशाष ,बारा : क्षेत्र नं. २ मा बैशाष १० गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नेपाल भारत सिमा नाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सुचना जारी गर्दै बैशाष ८ गते सुक्रबार राती १२ बजे देखी १० गते आईतबार राती १२ बजे सम्मलाई जिल्लाका भारतीय सिमाना बन्द रहेने जनाएको हो ।
यस्तै मंगलबार राती १२ बजे देखी मतदानको कार्य सम्पन्न नभए सम्म जिल्ला भरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, विक्रि वितरण र सेवनमा समेत रोक लगाईको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सुचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्ग ९ गते राती १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ ।
एम्बुलेन्स, दुध तथा औषधी बोकेका सवारी, खानेपानीका टेन्कर ,दमकल, दुर संचार सेव, शव वहान, अस्पताल सेवा , शुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा ,कुटनितिक नियोगका सवारी र अनुमती प्राप्त बाहेकका सावारी संचालमा रोक लगाईएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानिय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।