पुष्पराज खतिवडा
७ बैशाष ,बारा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच दलिय गठबन्धनका कारण देश ठुलो राजनैतिक खतरबाट जोगीएको बताएका छन् । विहिबार बाराको क्षेत्र नं.२ अन्तरगत महागढीमाई नगरपालिका–१, स्थीत गढिमाई मन्दिर परिषरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका नेता चुनावी सभालाई सम्बोधन गर्न बारा आएका हुन् । पाँच दलिय गठबन्धनका साझा उमेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउने अभियान अन्तरगत नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जसपा र लोसपाको संयूक्त आयोजनामा चुनावी सभाको आयोजना गरिएको थियो ।
सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद विघठन गर्न खोज्ने विघठनकारी शक्तिहरुसँगको लडाईको मैदानबाट गठबन्धन जन्मीएको बताए । “हजारौं शहिदहरुको रगत ,बेपत्ता याद्धाहरु, घाईतेहरु र लाखौं जनाताको आन्दोलनको बलमा प्राप्त भएको संविधान, संघिय लोकलान्त्रीक गणतन्त्र र त्यो संविधानलाई घात गर्न खोज्ने पटकपटक संविधानलाई मिचेर संसद विघटन गर्न खोज्ने विघटनकारी प्रवृतिका विरुद्ध लडाईको मैदानबाट जन्मीएको हो पाँच दलिय गठबन्धन” उनले भने ।
यदी पाँच दलिय गठबन्धन हुँदैन थियो भने यो देश ठुलो राजनैनिक खतरामा पर्ने उनको भनाई थियो । अहिलेपनि धेरै खालका चलखेलहरु भए र भैराखेका पनि छन् । त्यसलाई असफल पार्न पाँच दलिय गठबन्धन अझ बलियो हुनु पर्ने उनको भनाई थियो ।
बाराबासीलाई भाग्यमानी भन्दै प्रचण्डले उपेन्द्र यादवको जितका लागि आग्रह गरे ।“तपाई बारा जिल्लाका जनता भाग्यमानी हुनु हुन्छ । उपेन्द्र यादव मात्रै जित्दैहुनुहुन्न पाँच दलिय गठबन्धन जित्दैछ । देशको राष्टिय एकताले जित्दै छ । यो देशको संघिय गणतन्त्रले जित्दैछ । मधेश र पहाडको एकताले जित्दैछ र यो राष्ट धेरै बलियो हुँदैछ । एउटा उमेरवारले मात्रै जित्ने कुरा होईन यो ” प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवको आग्रहमा बाराका रामसहाय प्रसाद यादवलाई उपराष्टपति बनाएपछी परिवर्तनका प्रमुख नेता एवं प्रधानमन्त्रीको हैसियतले यादवलाई जानुस् जितेर आउनुस् भनेर आफुले बारा पठाएको बताए । पाँच दलिय गठबन्धनका साझा उमेदवार यादवलाई विजय गरिदिन उनले आग्रह समेत गरे । यादवको विजय मधेशको मात्रै नभएर देशको विजय हुने भन्दै प्रचण्डले यहाँका समस्या समाधानमा लाग्ने बताए ।
उनले भने बाराको गढिमाईलाई पशुपति विकास कोष, लुम्बीनि विकास कोष जस्तै गढिमाई विकासकोष स्थापना गरेर पर्यटनमा जोड दिने बताए । बारामा निर्माण हुने दोस्रो अन्तराष्टि विमानस्थलको कामलाई चाँडै शिलान्यासको चरणमा लैजाने भन्दै उनले “हाम्रो शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेलामा म लगायत गठबन्धनका शिर्ष नेताहरु निजगढ अन्तराष्टिय विमान स्थल बनाउने कुराको निरिक्षण गर्न आएका थियौं । पोखरा विमान स्थल उद्घाटन गर्दै गर्दा निजगढ विमान स्थल बनाउछौं । हामी अगाडी बढछौं भनेको थिए । आज तपाईहरुको विचमा बोन्दैछु यसलाई छिटै शिलान्यासको लेवलमा पु¥याउँछौं . निमार्ण प्रकृया अगाडी बढाईने छ यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु ।”
प्रधानमन्त्री प्रचण्डले नागरिताको समस्या मधेशको मात्रै नभएर देशको समस्या भएको बताएका छन् । यो समस्यालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर नै प्रतिनिधिसभा राष्ट्रियसभाबाट पारित गरेर राष्ट्रपतिकोमा पठाएपनि राष्ट्रपतिले प्रमाणीत नगरेकाले अड्कीएको उनको भनाई थियो ।
“हामीले प्रतिवद्धता गरेकाछौं । यो पटक हामीले सदनबाट पारित गरेपछी अव रोक्ने राष्टपति होईन फुकाउने राष्टपति पाएका छौं फुक्ने छ र छिटै यो समस्या समाधान गरिने छ , उनले भने ।
यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिडका क्रममा रोकिएको बाराको छोटी भन्सार खोल्ने पहल गर्ने बताए ।
यस्तै कार्यक्रममा सहभागि नेपाली काँग्रैसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले उपेन्द्र यादव मधेश मधेशीको हितमा काम गर्ने नेता भएको बताए । आफु प्रधानमन्त्री र यादव उपप्रधानमन्त्री भएका बेला मधेशका सवालामा धेरै पटक झगडा परेको सुनाए । यहाँको विकास र जनताको सेवाको लागि यादव आवश्यक भएको भन्दै देउवाले उपेन्द्र यादवलाई मत दिन आग्रह गरे ।
यसैगरी नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशमा अझैपनि भ्रष्टचार बेथिती र अराजकता रहेकाले गठबन्धनलाई बलियो बनाउनु पर्ने बताए । गठबन्धनको सरकार बलियो भएमात्रै देशको विकास र समृद्धि सम्भव हुने उनको भनाई थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष एवं बारा २ का उमेदवार उपेन्द्र यादव ,लोकतान्त्रीक समाजवादीका मधेशए प्रमुख एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल, एकिकृत समावादीका नेता एवं वागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतको सहभागिता थियो ।
कार्यक्रमका दौरान पाँचदलका नेताहरुलाई ५१ किलोको माला अढाएर सम्मान गरिएको थियो ।