७ बैशाष,बारा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता काट्न सक्ने बताएका छन् । विहिबार बाराको पचरौता नगरपालिका–४ को बेनौलीमामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिलेको सरकारले वृद्धभत्ता काट्ने दावी गरे । जेष्ठ नागरिकहरुले पाउँदै आएको भत्ता समेत गठबन्धनले सरकारले नदिने बताए ।
उनले पाँच दलिय गठबन्धन देश बनाउन नबनेको ठोकुवा गर्दै अवस्था यस्तैरहे शुरक्षाकर्मीहरुले कपडा फेर्न समेत नपाउने दिन आउने बताए ।

“अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिकहरुको भत्ता बढाएर चार हजार रुपैंया पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला । यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ । ” एमाले अध्यक्ष ओली भने ।

एमाले सरकारका पालामा उनले अघि सारेका योजनाहरु र कामको फेयरिस्त पस्कँदै ओलीले बिसवर्षमा नभएको काम आफ्नो सरकारले तीन वर्षमा गरेको बताए ।

“ बिसवर्षमा नभएको काम हामीले तीन वर्षमा गरेका थियौं । हामीले विकास निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । तर विकासलाई देख्न नसक्ने विकास विरोधी तत्वहरुको ठगबन्धनले विकासको गतीमा रोक लगायो । विकासको योजना काटेर आफन्त पोस्ने काम भैरहेको छ, ” उनले आरोप लगाए ।

पाँच दलिय गठबन्धनको सरकारको ध्यानमा देश र जनता छैन । आफु र आफन्त पोस्ने काम मात्रै गरिरहेका छन् ,उनले भने ।
एमाले यसपकट बारा २ मा कुशल नेतालाई उमेदवार बनाएको भन्दै एमाले अध्यक्ष ओलीले पुरुषोत्तम् पौडेलले जिते क्षेत्रको मात्रै नभइ जिल्लाको विकास र समृद्धीमा टेवा पुग्ने बताए ।

फोटोमा : कार्यक्रमलाई बसेर सम्बोधन गर्दै एमाले अध्यक्ष ओली ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय