१ जेठ, काठमाडौं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू ९४० देखि रू ४२० सम्म तोकिएको बताए । नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू ५१५ तोकिएको छ ।