जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने तथा ६ अर्बको ट्रेजरी बिल मार्फत थप आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न लागिएको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
१ जेठ, काठमाडौं : नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १ जेठ सोमबार कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।