५ जेष्ठ,मनहर्वा: महायज्ञ १९ लाख ६० हजार ७८३ रुपैंया संकलन भएको छ । जितपुरसिमरा उपमहानगरपालिका १८ कुसमाडी स्थीत सत्यश्वर माहादेव मन्दिर परिषरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संकलन भएको हो ।

विवाह मण्डप, पार्वती गणेश मन्दिर, बालाचतुर्थीमा बत्ती बाल्ने भवन,ट्रस, साधुसन्तका लागि भवन निर्माण गर्ने उदेश्यले बैशाष २५ गतेबाट महायज्ञको आयोजना गरिएको थियो ।

महायज्ञमा एक कृषक समुह सहित ४ जनाले बढी रकम दान गरेका थिए । सबैभन्दाबढी दान गर्नेमा स्थानिय बद्रि बहादुर अर्याल पर्नु भएको छ । उहाँले १ लाख ५७ हजार ५५५ रुपैंया दान गर्नु भएको थियो । यसैगरी अर्का स्थानियहरु उदय कुमार उपाध्यायले १ लाख ५६ हजार २५५ र देवी बहादुर भण्डारीले १ लाख ५१ हजार रुपैंया दान गर्नु भएको थियो ।

यसैगरी स्थानिय लक्ष्मी बचत तथा ऋण समुहले १ लाख ५ हजार, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेले ५५ हजार ५५५ र जानकी बचत समुहले २५ हजार रुपैँया महायज्ञमा दान प्राप्त भएको महायज्ञ मुल समारोह समितिका कोषाध्यक्ष पार्वती न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार महायज्ञमा धेरै स्थानिय र संघ संस्थाबाट दान रकम प्राप्त भएको छ भने ४ जना जेष्ठ नागरिकहरुले तुला दान समेत गर्नु भएको थियो ।

यही जेठ १ गते सम्पन्न महायज्ञको बारा क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्य रविनदास श्रेष्ठले गत सोमबार उद्घाटन गर्नु भएको थियो । सप्ताहमा बारा सिमराका हरिकृष्ण पौडेलले संगितमय कथा वाचन गर्नु भएको थियो भने सर्लाहीका श्रीराम खड्काको संयोजनमा महायज्ञ सम्पन्न भएको न्यौपानले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय