७ जेष्ठ ,बाराः जवर्जस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बारा आदर्श कोतवाल गाउँपालिका वडा नं.३ का विशोरी बैठालाई पक्राउ गरि शनिबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका बैठा र अर्का एकजना मिलेर २०७९ कार्तिक १६ गते राती स्थानिय १३ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेका थिए । बालिका बलात्कार गरी फरार भएका दुबैजनालाई प्रहरीले खोजतलास गर्दै आएको थियो ।

सोहीक्रममा फरार रहेका आरोपी बैठा काभ्रे जिल्लामा लुकीछिपि बस्दै आएको सुचना पाएपछी बाराबाट खटिएको प्रहरीले काभ्रे प्रहरीसँगको समन्वयमा उनलाई सुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका बैठालाई प्रहरी हिरासतमा राखि अनुसन्धन भैरहेको र अर्का एकजनाको खोजतलास भैरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम् प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय