१० जेष्ठ ,बारा:मद्येश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत अधुरो बडहर्वा खानेपानी योजनाको निरिक्षण गर्नु भएको छ । बुधबार अपराहन्न जनता समाजवादी पार्टी मधेश प्रदेशका अध्यक्ष एवं पूर्व संघिय सांसद रामबाबु कुमार यादवको अगुवाईमा मन्त्री कलवारले अधृुरो योजनाको निरिक्षण गर्नु भएको हो ।

ओभर हेड टेन्क निर्माण भएरपनि बजेट अभावमा लामो समय सम्म खानेपानी योजना संचालनमा आउन छैन । संघिय सरकारले २०७२ सालमा सुरु गरेको योजनाको काम रेखदेख २०७४ पछि प्रदेशको जिम्मामा आएको थियो । तत्कालिन मनहर्वा गाविस भरि करि २ हजार घरधुरीमा खानेपानि पु-याउने गरी सूरु भएको योजना लामो समय देखी अलपत्र परेको स्थानिय उपभोक्ता समितिका अध्यक्ष हुतराज ढुँगानाले मन्त्री समक्ष गुनासो गर्नु भयो ।

खानेपानी योजनाको निरिक्षणमा आउनु भएक मन्त्री कलवारले योजना संचालनमा आउनेगरी बजेटको ब्यवस्था गर्ने बताउनु भयो । “मन्त्रालयकै बजेट घटेर आएको छ । अघिल्लो बर्ष ८५ करोड सशर्त बजेट दिएको संघिय सरकारले यसबर्ष घटाएर ४४ करोड पठायो । यस्ता योजना प्रदेशभरि ३७८ वटा छन् । सबै अधुरानै छन् । सबै योजना एकै पटक हेर्न सक्ने अवस्था त छैन । यद्यपी यसलाई प्राथमिकतामा राख्छु र चाँडै संचालनमा ल्याउने गरी बजेट ब्यवस्थापन गर्नेछु, ” उहाँले भन्नु भयो ।

संघिय सरकारले सूरु गरेका खानेपानी योजना प्रदेशमा हस्तान्तरण गरेपनि बजेट नदिँदा कतिपय स्थानका कार्यक्रम केहिबर्ष अलत्रप परेको भन्दै मन्त्री कलवारले यसबर्षबाट त्यस्ता योजनामा बजेट पठाईएको बताउनु भयो ।

यस्तै पूर्व संघिय सांसद रामबाबु कुमार यादवले प्रदेश सरकारले जनताका काममा प्राथमिता दिनु पर्ने बताउनु भयो । प्रदेश सरकार पनि जनताको स्थानिय सरकार हो । जनताका समस्या समाधानमा यो सरकारले काम गर्नु पर्ने हुन्छ । बारा जिल्लाको क्षेत्र नं.३ मा सिंचाईको ठुलो समस्या छ । सिंचाई अभावमा बालि लगाउन सक्ने अवस्था छैन । आधा दर्जन खानेपानी योजना अधुरा छन् । यस विषयलाई प्राथमिता दिन मन्त्री जीलाई अनुरोध गर्दछु उहाँले भन्नु भयो ।

अधुरो योजना निरिक्षणका लागि मन्त्री कलवार, पूर्व सांसद यादव सहित संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह, जसपा केन्द्रिय सदस्य भरत खड्का, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेलगायतको सभागिता रहेको थियो । निरिक्षणमा आएका खानेपानी मन्त्री कलवारलाई स्थानियले चाँडै खानेपानि योजना संचालनमा ल्याईदिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय