५ असार,सिमरा:बर्षासँगै किटजन्य रोग बढ्ने भन्दै जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतको जनस्वास्थ्य प्रवद्र्धन शाखाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार उपमहानगरपालिको कार्यालय जितपुरमा डेंगु,मलेरिया,कालाजार लगायत कीटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यक्रम गरी सचेत रहन नगरबासीमा अनुरोध गरेको छ ।
घरवरिपरि सफा राख्ने , पानी जम्ने खाल्डा खाल्डाखुल्डीहरु पुर्ने, अनिवार्य झुल लगाएर सुत्ने, घर बाहिर निस्कँदा पुरा बाउला भएका कपडा लगाउने गर्नु पर्दछ । यस्तै घरका भ्mयाल तथा ढोकाहरुमा जाली लगाउने, नियमित सरसफाईमा ध्यान दिने र वातावरणलाई सफा राख्न सके डेँगु लगायतका महामरीजन्य रोग फैलिन नपाउने उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख अधिकृत रवी कुमार भाष्करले बताउनु भयो ।
लामखुटट्े, भुसुना, उपिँया जस्ता परजिविले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने हुँदा सचेत रहँने ,सावाधानी अपनाउने र समस्या देखिए स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न उहाँले सुझाउनु भयो ।
उपमहानगरपालिका भित्रका २५ वटा सामुदायिक विद्यालयका स्वास्थ्य दुतहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको कार्यक्रममा सहभागिता थियो । कार्यक्रमका अवसरमा नगरभित्रका ती विद्यालयहरुलाई ११ प्रकारका औषधी तथा स्वास्थ्य सामाग्री सहित स्वाथ्य किट प्रदान गरिएको थियो ।
कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख शिवजी प्रसादको प्रमुख आथिथ्यता एवं जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेव अधिकृत जितन ठाकुरको सहजीकरणमा सम्पन्न भएको हो ।