१० सिमरा,बारा:डिजिटल शुरक्षा र यसको आवश्यकता विषयमा बाराको सिमरामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा गेट आई टी टूप प्रा.लि.ले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी समेत रहनु भएका नगरप्रमुख पौडेलले साईबर शुरक्षा आजको आवश्यकता भएको बताउनु भयो । उहाँले डिजिटल कारोबार उवं सेवामा विशेष सावधान अपनाउन सकेमात्रै यसबाट बच्न सकिने बताउनु भयो ।
यस्तै ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी प्रदिप बहादुर क्षेत्रीले डिजिटल शुरक्षा विषयमा आम भोगाईको पहिलो कारण लापरवाही भएको बताउनु भयो । जथाभावी एप्लीकेसनहरुको प्रयोगले गोप्य सुचना लिक हुने र मानिसहरु डिजिटल अपराधको सिकार हुने गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा सिमरामा शाखा रहेका बैंकका प्रमुखहरु, पार्टी सम्बद्ध ब्यक्ति, प्रहरी तथा पत्रकारहरुको सभागिता रहेको थियो । सहभागिहरुलाई नेपाल दुरसंचार प्राधिकरणका अधिकृत शम्भु पाहाडीले डिजिटल शुरक्षाका लागि अपनाउनु पर्ने सावधानीको विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा होटल तथा पर्यटन ब्यवसाय संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, एमाले यूवा नेता त्रिलोक विक्रम ठकुरी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी लगायतको सहभागिता थियो ।
नेपाल दुरसंचार प्राधिकरणका उपनिर्देशक सुर्य प्रसाद लामिछानेको अध्यक्षता, गटे आई टी टूप प्रा.लि.का संचालक कुमार अधिकारीको स्वागत तथा पत्रकार सुनिल गाउँलेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।