पुष्पराज खतिवडा
१३ असार ,बारा: जितपुरसिमरा उपमहानरपालिकाको बुधबार सम्पन्न आठौं नगरसभाले वडागत रुपमा विनियोजन गरेको बजेटमा समानता देखिँदैन ।
जनसंख्या र भौगोलिक अवस्थालाई मध्यनजरगरी छुट्याईएको भनिएको बजेटमा धेरै ठुलो रकमको असमानता देखिन्छ । वडागत बजेट सिलिङ्ग अनुसार सबैभन्दा बढी वडा नं. ७ ले र सबैभन्दा कम वडा नं.१३ ले पाएका छन् ।
वडा नं. ७ कालागि २ करोठ ३१ लाख ६५ हजार छुट्याँईदा वडा नं.१३ का लागि १ करोड ५ लाख २१ हजार परेको छ । अन्य वडाको सिलिङ्गमा समेत निकै तलमाथी हुने गरि बजेट विनियोजन गरेको पाईको हो ।
यस्तै धेरै बजेट पाउने दोस्रोमा वडा नं. १६ परेको छ । उसकालागि महानगरले २ करोड ३ लाख २४ हजार छुट्याएको छ । यस्तै कम पाउने दोस्रो वडामा २३ नं. परेको छ । २३ नं.का लागि १ करोड ५ लाख ३६ हजार बजेट परेको छ ।
उपमहानगरको कार्यालय रहेको वडा नं.७ जितपुर बाहेकका वडामा कमै बजेट परेको महानगरले नगरसभामा वितरण गरेको बजेट कितावमा उल्लेख छ ।
क्षेत्रगत बजेट सिमा निर्धारण मापदण्ड अनुसार वडाहरुले पाएको सिलिङ्गबाट वडा समितिहरुले वडा स्तरिय पूर्वाधार विकास योजनामा न्यूनतम् ४० प्रतिशत बजेट खर्चनु पर्ने छ ।
यस्तै कुल वडागत सिलिङ्ग बजेटको न्युनतम ७ प्रतिशत ईन्धन मर्मत संभार तथा सडक स्तरोन्नती, अधिकतम् १० प्रतिशत शिक्षा युवा तथा खेलकुद विकास, अधिकतम् ३ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्ने उल्लेख छ ।
यसैगरी लक्षित बर्गको क्षमता विकास तथा रोजगारी सृजना कार्यक्रममा न्युनतम् ४ प्रतिशत, कृषि तथा पशु विकासमा न्युनतम् ५ प्रतिशत, सिप विकास तालिममा न्युनतम् २ प्रतिशत खर्च गर्नु पर्ने छ ।
भने कार्यालय संचालमा कुल बजेटको अधिकतम् ३ , धार्मिक साँस्कृतिक पर्यटन पूर्वाधारक लागी न्युनतम् ४,अन्य पूर्वाधार आवश्यकताका आधारमा घटिमा १५ प्रतिशत छुट्याएर वडा स्तरमा खर्चिनु पर्ने छ ।
यसैगरी सरसफाई विपद् ब्यवस्थापनका क्षेत्रमा न्युनतम् ४, दलितय उत्थान कार्यक्रममा न्युनतम् १ र आकस्मीक तथा विविध खर्चमा न्युनतम् २ प्रतिशत रकम खर्च गर्नैपर्ने गरी उपमहानगरपालिकाले वडागत सिलिङ्ग बनाई बजेट बाँडफाँड गरेको छ ।
वडागत बजेट सिलिङ्गसँगै क्षेत्रगत बजेट सिमा निर्धारण गरिँदा बजेटमा सबैपक्षको सम्बोधन हुने उपमहानगरले जनाएको छ ।
हेरौं वडागत बजेटको अवस्थाः
वडा नं.१: १ करोड ९०लाख ८८हजार
वडा नं.२: १करोड ९३ लाख ७०हजार
वडा नं.३ः १करोड १४ लाख २७ हजार
वडा नं.४ः १करोड २७ लाख ४८ हजार
वडा नं.५ः १ करोड २७ लाख ६२ हजार
वडा नं.६ः १ करोड ११ लाख ७४ हजार
वडा नं.७ः २ करोड ३१ लाख ६५ हजार
वडा नं.८ः १ करोड २९ लाख ३२ हजार
वडा नं.९ः १ करोड ५ लाख २३ हजार
वडा नं.१०ः १ करोड ६ लाख ५३ हजार
वडा नं.११ः १ करोड ३६ लाख ८७ हजार
वडा नं.१२ः १ करोड ३१ लाख २२ हजार
वडा नं.१३ः १ करोड ५ लाख २१ हजार
वडा नं.१४ः १ करोड २९ लाख ५१ हजार
वडा नं.१५: १ करोड ४६ लाख ९ हजार
वडा नं.१६ः २ करोड ३ लाख २४ हजार
वडा नं.१७ः १ करोड २२ लाख ९६ हजार
वडा नं.१८ः १ करोड ४९ लाख ६५ हजार
वडा नं.१९ः १ करोड ३७ लाख ५५ हजार
वडा नं.२०ः १ करोड ३७ लाख ९४ हजार
वडा नं.२१ः १ करोड २९ लाख ९९ हजार
वडा नं.२२ः १ करोड ३५ लाख २७ हजार
वडा नं.२३ः १ करोड ५ लाख ३६ हजार
वडा नं.२४ः १ करोड १० लाख ५२ हजार