१५ असार,काठमाडौं : पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार रौनियारलाई काठमाडौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालय काठमाडौं प्रवक्ता दिनेशराज मैनालीले रौनियार विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको जानकारी दिए । रौनियार काठमाडौं बस्ने भएकाले उनलाई पक्राउ गरी सहयोग गर्न बाँके प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई आग्रह गरेको थियो । सोही अनुसार आज रौनियारलाई पक्राउ गरिएको हो ।

रौनियार संघीय समाजवादी फोरमबाट पूर्व सांसद समेत हुन् । सांसद रहेको समयमा उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको थियो । उनको कम्पनीले लिएका धेरै ठेक्का अलपत्र परेका छन् । उनको कम्पनी आजमात्रै कालोसूचीमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय