२६ असार,बारा: प्रहरीले पल्टिएको ट्रकबाट १०५ केजी लागु औषध गाँजा बरामद गरेको छ । मंगलबार विहिन ७ बजे ना.१.क.३२०५ न.को ट्रकमा लागू औषध गाँजा ल्याउँदै गरेको सुचना पाएको प्रहरीले खोजतलासका क्रममा ट्रक पल्टिीएको भेटाएको हो ।

जिल्लाको जितपुरसिमरा उपमहानागरपालिका वडा नं.२२ पुर्ब पश्चिम लोक राजमार्गको चुरियामाई मन्दिर नजिक सडकको नालामा ट्रक पल्टिएको अबस्थामा फेला परेको थियो ।

कोही पनि मानिस नभएको ट्रकमा चेकजाँच गर्दा सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बा भित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई राखेको लागु औषध गाँजा बरामद भएको हो ।

बरामद लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको छ । ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास सहितको अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रुपेश साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय