लक्ष्मी खरेल
५ श्रावण, बारा:प्रहरी ज्यादती विरुद्ध बाराको कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेर अमानविय तवरले शारीरिक तथा मानसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो ।
यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादव उपर भएको प्रहरी दमनको बिरोधमा जारी आन्दोलनको तेश्रो दिन शुक्रबार जनमत पार्टी र नागरिक उन्मुति पार्टीले समेत ऐक्यवद्धता जनाउदै आन्दोलनमा सहभागिता जनाएका थिए ।
रामजानकी मन्दिरबाट निकालिएको बिरोध जुलुशले प्रहरी प्रशासनको बिरोधमा चर्को नाराबाजीका साथ नगरको बिभिन्न भागमा परिक्रमा गरेको थियो । उनिहरुले कलैयाको मुख्य चोक भरत चोकमा टायर बाली प्रर्दशन गर्दै केहीबेर सडकमा बसेर सडक जाम गरेका थिए ।
प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेय र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वनको माग गर्दै जारी आन्दोलनमा नेकपा एमाले बाहेकका सबै दलले ऐक्यवद्धता जनाएका छन् । शुक्रबार साँझ बसेको सर्वदलिय बैठकमा शनिबार देखि अन्दोलनलाई थप चर्काउने निर्णय भएको नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले बताए ।
कोणसभामा बोल्दै वक्ताहरुले कानुनी राज्यको उपहास गर्दै नागरिकको बोल्न पाउने अधिकार माथी दमन गर्नु, अनाहकमा कुटपिट गर्नुले प्रहरी मानव अधिकारको ठाडो उल्लंघनमा अग्रसर रहेको पुष्टि हुने बताए । उनीहरुले मानवता भुलेर जनतालाई दुःख दिने डिएसपी पुरुषोत्तम पाण्डे र इन्सपेक्टर रुपेश साहको निलम्बनको माग सहित प्रर्दशन गरेका हुन् । पछिल्लो समय प्रहरी चलचित्रका पात्र जस्तै मनोमानीमा उत्रीएको तथा शक्तीको दुरुपयोग गरी जनतालाई सताउन अग्रसर रहेको उनीहरुको आरोप छ ।
तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणका लागि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले कुटेर घाइते बनाए पछि प्रहरीको निरंकुशता छताछुल्ल भएको हो । सौहार्दपूर्ण छलफलका विच सब नेता दलाल हुन्, यिनलाई घिसारेर मर्नेगरी पिट्नुपर्छ भन्दै कड्किएका इन्सपेक्टर रुपेश साहको भनाईमा असहमती जनाउँदा आफुले राणाकालिन दमनको सामना गर्नु परेको पिडित यादवले बताए ।
यादवले सबै नेता दलाल हुन्नन् इन्सपेक्टर साब भने लगत्तै डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले यो नेता बनेर हामलाई सिकाउने को हो ? थुन सालेलाई कुट् भनेर झोक्कींदै आदेश दिए पछि अति अशिष्ट व्यवहारका साथ इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए । कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ भने एमआरआईको विहिबारको रिपोर्ट पछी उपचारका लागि चिकित्सकले दिल्ली जान भनेको यादवले बताए ।
डिएसपि पाण्डेले कपालमा समातेर भुँईंमा पछारेको र बुटले हानेको तथा अझै नेता बन्छस् भन्दै जथाभावी गाली गरेर शारीरिकसँगै मानसिक रुपमा समेत आघात पुर्याएको बताए । प्रहरीले उनलाई केहि घण्टा नियन्त्रणमा राखेरै कुटपिट गरेको थियो । हाल उनको उपचार वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेसालिटी अस्पतालमा भइरहेको छ । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका–७ बेनौली निवासी हुन् भने उनी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका पूर्वसचिवसँगै पूर्वशिक्षक पनि हुन् ।
बेलुका सवा ७ बजेतिर भएको घटनाका बेला जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटी प्रमुख जिल्ला अधिकारीसहित कार्यालय बाहिर थिए । घटना भएपछि एसपी बोगटी कार्यालयमा आएको र उनले भैयाराम जि त शालिन व्यक्ति हुन् भनि चिनाएपछी मात्रै छाडेको यादवले बताए ।
घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुधबार ज्ञापनपत्र बुझाएको थियो । तर त्यसको कुनै सुनुवाई नभए पछि आफुहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको आन्दोलनरत दलले जनाएको छ ।
एसपी बोगटीले नचिनेर यस्तो गल्ति भएको भन्दै घटनाबारे सत्यतथ्य बुझेर पीडितसँग छलफल गरेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै प्रकृया अघि बढेको छैन ।
तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । एलएस न्युरो अस्पताल विरगञ्जमा उपचाररत पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा सहजिकरण गर्न भैयाराम त्यहाँ पुगेका थिए ।
छानविन समिति गठन, दोषी देखिए कार्वाही हुन्छ–प्रहरी उपरिक्षक
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले आफु अनुपस्थितिमा सो घटना भएको बताउँदै घटनामा प्रहरी पक्षबाट कमजोरी भएको स्विकारेका छन् । घटनाको छानविनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यिय समिति गठन गरेर छानविन शुरु गरेको उनले बताए ।
छानविनमा दोषी देखिए उनीहरुमाथि कार्वाही गरिने बताउँदै उनले तत्कालका लागि कार्यवाही स्वरुप डिएसपी पाण्डेय र प्रहरी निरिक्षक साहलाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको जानकारी दिए ।
यसैविच दोषी प्रहरीद्धयको निलम्बनको माग सहित प्रहरीमा मुद्धा दर्ता गरिएको छ । महागढीमाई नगरपालिकाका राजनैतिक सल्लाहाकार समेत रहेका यादब उपर कुटपिटको बिरोध गर्दै महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले मुद्धा दर्ताका लागि निबेदन दिएका हुन् । प्रहरीले दुवैलाई आन्तरिक छानविन र सरुवा गरेपनि निलम्बन नगरेसम्म आन्दोलन जारी राख्ने नगरप्रमुख यादव लगाएतका नेताहरुले बताएका छन् ।
बारा प्रहरीले तानाशाहि प्रवृत्ति देखाएर ज्यादती गरेको भन्दै कलैयामा विरोध प्रर्दशन भएको छ । समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव माथी गालि गलौजका साथ प्रहरीले गरेको दुव्र्यवहारको विरुद्ध प्रर्दशन गरिएको हो ।
नेपाली काँग्रेस र नेकपा एसले संयुक्त रुपमा गरेको विरोध प्रर्दशनमा हजारौंको संख्यामा सर्वसाधारणले सहभागिता जनाएका थिए ।